भक्तपुर, २३ असोज । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं बार्षिक साधारणसभाको समापन कार्यक्रम प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टिका केन्द्रिय सदस्य एवं भनपा वडा नं.९ का वडाध्यक्ष रविन्द्र ज्याख्वज्यूको प्रमुख आतिथ्यतामा एक समारोह बीच गरुड कुण्डमा शनिबार सम्पन्न भयो । उहाँले पानसमा दिप प्रज्वलित गरी उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि रविन्द्र ज्याख्वले समुदायमा आधारित सहकारीले टोल समाजका जनताको आर्थिक र सामाजिक स्तर उकास्न काम गर्नुपर्ने बताउँदै सकारात्मक सोचले सहकारी प्रति सम्मान, आस्था र बचतमा बिकास हुने बताउनु भयो । उहाँले जनताको बचत १ रुपैयाँ पनि हिनामिना नहोस् भनि भक्तपुर नगरपालिकाले अनुगमन नियमन गर्ने कार्य र सहकारी ऐन बनाई सहकारीको सुझावमा ३ पटक संशोधन गरेको बताउनु भयो । उहाँले सहकारी पनि नगरपालिका प्रति उत्तरदायी बन्नु पर्ने बताउँदै सदस्यहरु ब्याजको लोभमा ब्यापारिक सहकारीमा पैसा जम्मा गरे साँवा समेत सुरक्षित नहुन सक्ने बताउनु भयो । कोभिडले जीवन पद्धती नै परिवर्तन गरेको र स्वास्थ्य मापदण्डका कुराहरु सिकाएको बताउनुभयो । उहाँले प्र.म. शेर बहादुर देउवाको हरेक पालामा देशघाती कार्यहरु भएको अवगत गराउँदैं अहिलेको पालामा संसदबाट एम.सि.सि. पास गराउन उद्धत रहेको रहेको बताउनु भयो । उहाँले देशघाती एम्.सि.सि. सार्वभौमसत्ता गुम्ने भएकोले नेपालको हितमा नहुनुको साथै एम्.सि.सि.संगै अमेरिकी सेना भित्रिने र मित्र राष्ट्र चीनलाई घेरा हाल्न सामरिक र रणनीतिक हिसावले महत्वपूर्ण अग्लो देश नेपाल रणभूमि बनाउने बताउनु भयो । उहाँले देको मिवा ईटापाके आवास आयोजनामा आएको गुनासो अनुसार जग्गाधनीहरुको जायेज मागहरु सम्बोधन हुने गरी फेरी प्लट मिलान गरिरहेको बताउनु भयो ।

कार्यक्रमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका ब्यवस्थापक बाल कृष्ण ध्वजूले सहकारीलाई बाहिरबाट आउनेहरुले बढि फाईदा उठाई रहेको बताउँदैं गरिवले बचत पनि गर्न नसक्ने र ऋण लिन धित्तो पनि नहुने हुदाँ फाईदा नभएको गुनासो आईरहेकोले धन जमानीमा धेरै असल ऋण दिन मिल्ने गरी सहकारी ऐन बनाउनु पर्ने र स्वास्थ्य क्षेत्रमा लगानी गर्न स्वास्थ्य सहकारी खोलेर ख्वप अस्पताललाई सहयोग गर्न सकिने बताउनु भयो । उहाँले सदस्य सवलिकरण तालिम, कोषको बाँडफाँड अनुसार खर्च उपयोग गर्नु पर्ने र बहुउद्धेश्यीय सहकारी स्थानीय तहमा दर्ता विना संचालन भएको बताउनु भयो ।
कार्यक्रमा सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीको बार्षिक नीति तथा कार्यक्रम र बजेतबारे ब्यापक छलफल गरी पारित योजना अनुसार कार्य गरे सहकारी नियम संगत ढंगबाट विकास हुने बताउनु भयो । उहाँले चुलोचौका भित्र सिमित महिलाहरुलाई सहकारीले शिक्षित तुल्याई आत्म निर्भर बनाउन सीपमूलक तालिम दिनु पर्ने र सहकारीका अन्तराष्ट्रिय सिद्धान्तहरुमा सहकारी संस्थाहरु स्वावलम्वन, उत्तरदायी, प्रजातान्त्रिक, समानता, न्याय र ऐक्यबद्धता मूल्यहरुमा आधारित र ईमान्दारीता, शुसासन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक मूल्यहरुमा आधारित सिद्धान्त अनुसार १) स्वैच्छिक तथा खुल्ला सदस्यता, २) सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण, ३) सदस्यको आर्थिक सहभागी ४) स्वायतत्ता र आत्म निर्भर, ५) शिक्षा, तालिम र सूचना, ६) सहकारी संस्थाबीच सहयोग ७) समुदाय प्रति चासो आदि अन्तराष्ट्रिय सिद्धान्तहरु रहेको छ भन्नुभयो ।
कार्यक्रमममा संस्थाका अध्यक्ष श्रीप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार ईन्द्र बहादुर प्याठ, स्वागत उपाध्यक्ष कृष्णराम कासिछ्वा, प्रगति प्रतिवेदन सचिव सत्यराम ज्ञामरु, आर्थिक प्रतिवेदन र बार्षिक नीति तथा कार्यक्रम र बजेत तर्जुमा बारे कोषाध्यक्ष तुल्सी केशरी छुजु प्रजापति, लेखा सुपरिवेक्षण समितिका संयोजक राजु सिं बजिको, सदस्य रामकृष्ण लावंजू र बन्द सत्रमा उद्घोषण गौतम कुटुवाजूले गर्नु भएको थियो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...













