भक्तपुर नगरपालिका अनुगमन समितिद्वारा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेको मासु पसलहरु अनुगमन
भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेको मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा अधिकाशं पसल दर्ता नभए बताउनु भयो ।
अनुगमनमा एलिया मिट शपमा पसल दर्ता नभएकोले त्यहीं दर्ता गराएर सरसफाइमा ध्यान दिन र भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, तराजु नविकरण नभएकोले नविकरण गर्न, मासु सफा गरेको पानी सजिलै जान सक्ने गरी निकासको व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो ।
त्यस्तै महिमा कोल्ड स्टोर दर्ता नभएकोले दर्ता गराई पसलमा सरसफाइमा ध्यान दिन, एप्रोन सेतो र सफा प्रयोग गर्न, मुल्य सुचि राख्न, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, तराजु नविकरण नभएकोले नविकरण गर्न, मासु काट्ने औजार र भाँडा वर्तन सफा गरी राख्न निर्देशन दियो ।
त्यस्तै श्री नवदुर्गा मिट सप दर्ता नभएकोले दर्ता गराई पसलमा सरसफाइमा ध्यान दिन, एप्रोन सेतो र सफा प्रयोग गर्न, मुल्य सुचि राख्न, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, मासु काट्ने औजार र भाँडा वर्तन सफा गरी राख्न निर्देशन दियो ।
त्यस्तै बज्रयोगिनी मासु पसल र न्यू काभ्रेली मिट सप दर्ता नभएकोले दर्ता गर्न मान्नु नभएकोले तराजु एक÷एक थान जफत गरि कार्यालयमा उपस्थित हुन निर्देशन दिई नवदुर्गा चिकेन सेन्टरमा पसल दर्ता नविकरण नभएको ६÷७ बर्ष भएकोले सबै शुल्क तिराएर नविकरण गराएको र त्यस्तै बि.एम. कोल्ड स्टोर राम्रो र सफा सुग्घर गरी संचालन गरेको पाइएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
त्यस्तै विनायक मिट सपमा पसल दर्ता नभएकोले त्यहीं दर्ता गराएर सरसफाइमा ध्यान दिन र भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, तराजु नविकरण नभएकोले नविकरण गर्न, मासु सफा गरेको पानी सजिलै जान सक्ने गरी निकासको व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य रोशन मैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, उद्योग बाणिज्य संघका गौतम सुजखू, पशु सेवा कार्यालयका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, जिल्ला प्रशासन कार्याल भक्तपुर, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक बलराम स्यामाजू र भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवाँको सहभागी थियो ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...











