भक्तपुर नगरपालिका अनुगमन समितिद्वारा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेको मासु पसलहरु अनुगमन
भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेको मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा अधिकाशं पसल दर्ता नभए बताउनु भयो ।
अनुगमनमा एलिया मिट शपमा पसल दर्ता नभएकोले त्यहीं दर्ता गराएर सरसफाइमा ध्यान दिन र भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, तराजु नविकरण नभएकोले नविकरण गर्न, मासु सफा गरेको पानी सजिलै जान सक्ने गरी निकासको व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो ।
त्यस्तै महिमा कोल्ड स्टोर दर्ता नभएकोले दर्ता गराई पसलमा सरसफाइमा ध्यान दिन, एप्रोन सेतो र सफा प्रयोग गर्न, मुल्य सुचि राख्न, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, तराजु नविकरण नभएकोले नविकरण गर्न, मासु काट्ने औजार र भाँडा वर्तन सफा गरी राख्न निर्देशन दियो ।
त्यस्तै श्री नवदुर्गा मिट सप दर्ता नभएकोले दर्ता गराई पसलमा सरसफाइमा ध्यान दिन, एप्रोन सेतो र सफा प्रयोग गर्न, मुल्य सुचि राख्न, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, मासु काट्ने औजार र भाँडा वर्तन सफा गरी राख्न निर्देशन दियो ।
त्यस्तै बज्रयोगिनी मासु पसल र न्यू काभ्रेली मिट सप दर्ता नभएकोले दर्ता गर्न मान्नु नभएकोले तराजु एक÷एक थान जफत गरि कार्यालयमा उपस्थित हुन निर्देशन दिई नवदुर्गा चिकेन सेन्टरमा पसल दर्ता नविकरण नभएको ६÷७ बर्ष भएकोले सबै शुल्क तिराएर नविकरण गराएको र त्यस्तै बि.एम. कोल्ड स्टोर राम्रो र सफा सुग्घर गरी संचालन गरेको पाइएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
त्यस्तै विनायक मिट सपमा पसल दर्ता नभएकोले त्यहीं दर्ता गराएर सरसफाइमा ध्यान दिन र भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, तराजु नविकरण नभएकोले नविकरण गर्न, मासु सफा गरेको पानी सजिलै जान सक्ने गरी निकासको व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य रोशन मैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, उद्योग बाणिज्य संघका गौतम सुजखू, पशु सेवा कार्यालयका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, जिल्ला प्रशासन कार्याल भक्तपुर, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक बलराम स्यामाजू र भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवाँको सहभागी थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













