सुर्खेतमा एमसीसी सम्झौता खारेजीको माग
सुर्खेत, ११ असोज । मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापनकहरूले नेपाल सरकारले संयुक्त राज्य अमेरिकी कम्पनी एमसीसीस“ग गरेको सम्झौता खारेजीको माग गरेका छन् ।
नेपाल प्राध्यपाक समाज (नेप्रास), मध्यपश्चिम विवि एकाइ समितिले सोमबार आयोजना गरेको एक अन्तरक्रियामा वक्ताहरूले एमसीसी सम्झौताले नेपालको सार्वभौम अस्तित्व समाप्त पार्ने धारणा राख्नुभयो ।
नेप्रासका अध्यक्ष सरोजराज गोसाईले एमसीसी अमेरिकाको हिन्दप्रशान्त सैन्य रणनीतिअन्तर्गत प्रस्ताब गरिएको परियोजना भएको भन्दै अमेरिकी सेनाले नेपालमा परेड खेल्ने र नेपाल युद्धभूमिमा परिणत हुने विचार राख्नुभयो । उहा“ले नेपालको विकास नेपालीकै पैसाले गर्न सकिने भन्दै विदेशीको हात थापेर नेपालको विकास सम्भव नभएको विगतबाट पुष्टि भएको तर्क गर्नुभयो ।

केन्द्रीय अध्यक्ष गोसाईले नेका, एमाले, माओवादीजस्ता शासक पार्टी सबै एमसीसीकै पक्षमा भएको भन्दै एमसीसी पक्षधरहरूलाई जनताले सजाय दिने उल्लेख गर्नुभयो । सुरक्षाको नाममा अमेरिकी सेना नेपालमा तैनाथ गर्न खोजिएको उहा“को कथन थियो ।
मध्यपश्चिम विविको मानविकी सङ्कायका पूर्व डीन कमलेश डीसीले संरा अमेरिकाले आफ्नो प्रभुत्व लाद्न खोजेको भन्दै नेपालको संसद्बाट पारित गर्नु नै अमेरिकी दबनियत हो भन्नुभयो । उहा“ले एमसीसी सम्झौता गर्नेहरू संसद्बाट पारित गर्नेमा विश्वस्त नभएको भन्दै जनविरोध थेग्न नसेकेकै कारण एमसीसी पारित गर्न सरकार पछि हटेको उल्लेख गर्नुभयो ।
मध्यपश्चिम विविका उपप्राध्यापक डा. पुष्पराज आचार्यले विदेशी भनेपछि हिनतावोध गर्ने संस्कृतिको कारण नेपाली अपमानित हुनुपरेको भन्दै नेपालको सुरक्षास“ग जोडिएको विषयमा नेपाली गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । उहा“ले विद्वान भन्नेले नै समाजलाई दिग्भ्रमित पारेको उल्लेख गर्दै उहा“ले यसबाट गरिखाने वर्ग शोषणमा परेको विचार राख्नुभयो ।
नेमकिपा, सुर्खेतका सदस्य गणेश खड्काले भारतलाई प्रयोग गरी नेपालबाट चीनलाई हान्ने उद्देश्यले नेपालमा एसीसी परियोजना ल्याइएको भन्दै पु“जीवादी प्रजातन्त्रबाट कामदार वर्गले आफ्नो अधिकार पाउन्नन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङले एमसीसी सम्झौताबारे पावरप्वाइन्ट प्रस्तुति राख्दै देशको सार्वभौमिकता रक्षाको निम्ति युवाविद्यार्थी सङ्घर्ष गर्न तयार छन् भन्नुभयो ।
नेप्रास, मप विश्वविद्यालयका अध्यक्ष शारदा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेप्रास, मप विविका सदस्य टीका पोखरेल, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अक्कलबहादुर रानालगायतले आफ्नो विचार राख्नुभएको थियो ।














