भनपा ६का वडाध्यक्ष समक्ष थुया भ्रलगरको क्षमायाचना
भक्तपुर, चैत्र ५ गते
भक्तपुर नगरपालिका वडा नं. ६का वडाध्यक्ष हरिराम सुवाल समक्ष थुया भ्रलगर अभिनाश थुयाले आज माफि मागेका छन् । वडाध्यक्ष सुवालको कार्यकक्षमै पुगेर सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै थुयाले आफूले जानी नजानी वडाध्यक्ष बिरुद्ध भिडियो पोष्ट गरेको भन्दै त्यसको लागि क्षमायाचना गरेका हुन । उनले आफूले अन्जानमा र नजानी नजानी भिडियो खिचेर आफूबाट गल्ति भएकोले उहाँसँग क्षमायाचना गर्न आएको बताए हुन । थुयाले सहकारीकर्मी कृतम प्रजापति दाजुभाईको आग्रहमा नाता प्रमाणिकरणमा वडाले अन्याय गरेको भन्दै सामाजिक सञ्चालमा भिडियो पोष्ट गरेका थिए र सो सम्बन्धमा वडाध्यक्ष सुवालले सम्बन्धित सहकारी कर्मी प्रजापतिमार्फत वचतकर्ताको बचत फिर्ता गरेपछि मात्रै नाता प्रमाण पत्र दिन सक्ने घोषणा गरेको थियो भने सहकारीकर्मी प्रजापतिले पनि क्रमिकरुपमा वचतकर्ताहरुको रकम फिर्ता गर्ने भन्दै गत आईतबारबाट वचत फिर्ता गर्न थालेपछि भनपा ६का जनप्रतिनिधीहरुको चौतर्फि तारिफ हुन थालेको थियो भने थुया भ्रलगरको भिडियोबाट भने आलोचित हुँदै आउनेक्रममा यसका सञ्चालक थुया भ्रगर आफैले लिखित रुपमा आफ्नो गल्ति सुधार गरेका हुन ।
Featured Posts – Style 1
नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय रिमा श्रेष्ठको योगदान
2026-03-23 Comments Off on नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय रिमा श्रेष्ठको योगदान
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर भए पनि उनलाई लेखन र कलाले कहिल्यै छोडेन। उनले बिछोड, माया–प्रेम तथा समाजमा सकारात्मक ऊर्जा दिने विषयवस्तुमा आधारित गीतहरू लेख्दै आएकी छिन्। व्यस्त जीवनशैलीका बीच पनि उनले नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी छिन्। उनले नेपालका थुप्रै चर्चित गायक–गायिकाहरूसँग सहकार्य गरिसकेकी छिन्, जसमा अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई र किरण गजमेर लगायतका प्रतिभाशाली कलाकारहरू समावेश छन्। उनी भन्छिन्, “लेखन कार्य गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ।” उनले आफ्ना कृतिहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छिन्। विदेशको व्यस्त जीवन भए पनि उनले नेपाली कला, संस्कृति, भाषा र भेषभूषालाई कहिल्यै त्यागेकी छैनन्। विगत ६ वर्षदेखि Kansas City Nepalese Society संस्थामा उनले सल्लाहकारको रूपमा योगदान दिँदै आएकी छिन्। नेपाली संस्कृतिको जगेर्ना गर्न उक्त संस्थाले नयाँ वर्ष, तीज, होली, दशैं तथा देउसी–भैलो जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। साथै, नेपालका विभिन्न राष्ट्रिय कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ। हालै मात्र सार्वजनिक भएको गीत “याद” मा गायक प्रमोद खरेलको स्वर रहेको छ भने गीत रचना स्वयं रिमा श्रेष्ठले गरेकी हुन्। उक्त गीतमा संगीत रविन्द्र पौडेलले दिएका छन्। म्युजिक भिडियोमा डा. सुभाष आचार्य, रविन्द्र पौडेल र कृतिका बस्नेतको अभिनय देख्न पाइन्छ। यस म्युजिक भिडियोका निर्देशक चर्चित भिडियो निर्देशक सोनाम पाख्रिन हुन् भने छायांकन दिनेश पराजुली र सम्पादन विकास दाहालले गरेका छन्। “याद” गीत विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न तथा हेर्न सकिन्छ। गीतकार रिमा श्रेष्ठलाई नेपाली सांगीतिक क्षेत्रमा यति धेरै माया र योगदान पुर्याएकोमा हार्दिक बधाई तथा शुभकामना। उहाँका सिर्जनाहरूले समाजमा अझ गहिरो छाप छोड्न सकोस् भन्ने कामना गर्दछौं। https://www.youtube.com/watch?v=68zzBsKEJ7Q
परिकला न्युजका पत्रकार सुवास संकल्प चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा निर्विरोध निर्वाचित
2026-03-23 Comments Off on परिकला न्युजका पत्रकार सुवास संकल्प चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा निर्विरोध निर्वाचित
परिकला न्युजका पत्रकार सुवास संकल्प चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा निर्विरोध निर्वाचित इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा...
पैसा हारजित हुने गरी जुातास खेलिरहेको अवस्थामा ६ जना मनिसहरु,
2026-03-22 Comments Off on पैसा हारजित हुने गरी जुातास खेलिरहेको अवस्थामा ६ जना मनिसहरु,
पैसा हारजित हुने गरी जुातास खेलिरहेको अवस्थामा ६ जना मनिसहरु,मध्यपुर, चैत्र ७ गतेभक्तपुर प्रहरीले पैसा हारजित हुने गरी जुवातास खेलि...
ब्रेनब्रिज एजुकेसनमा निःशुल्क करिअर काउन्सिलिङ
2026-03-22 Comments Off on ब्रेनब्रिज एजुकेसनमा निःशुल्क करिअर काउन्सिलिङ
ब्रेनब्रिज एजुकेसनमा निःशुल्क करिअर काउन्सिलिङ काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ...
बालेन–रविले लोकप्रियता र शैलीमा मात्र निर्भर रहे भने यो शाेलेको जयविरुको दृश्यजस्तै हुनेछ
2026-03-22 Comments Off on बालेन–रविले लोकप्रियता र शैलीमा मात्र निर्भर रहे भने यो शाेलेको जयविरुको दृश्यजस्तै हुनेछ
बालेन–रविले लोकप्रियता र शैलीमा मात्र निर्भर रहे भने यो शाेलेको जयविरुको दृश्यजस्तै हुनेछ ---प्रेमचन्द्र झा नेपालको राजनीति सधैं उत्थान र...














