Day: March 23, 2026

Posted in समाचार

नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय  रिमा श्रेष्ठको योगदान

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर भए पनि उनलाई लेखन र कलाले कहिल्यै छोडेन। उनले बिछोड, माया–प्रेम तथा समाजमा सकारात्मक ऊर्जा दिने विषयवस्तुमा आधारित गीतहरू लेख्दै आएकी छिन्। व्यस्त जीवनशैलीका बीच पनि उनले नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छिन्।  उनले नेपालका थुप्रै चर्चित गायक–गायिकाहरूसँग सहकार्य गरिसकेकी छिन्, जसमा अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई र किरण गजमेर लगायतका प्रतिभाशाली कलाकारहरू समावेश छन्। उनी भन्छिन्, “लेखन कार्य गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ।” उनले आफ्ना कृतिहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छिन्। विदेशको व्यस्त जीवन भए पनि उनले नेपाली कला, संस्कृति, भाषा र भेषभूषालाई कहिल्यै त्यागेकी छैनन्। विगत ६ वर्षदेखि Kansas City Nepalese Society संस्थामा उनले सल्लाहकारको रूपमा योगदान दिँदै आएकी छिन्। नेपाली संस्कृतिको जगेर्ना गर्न उक्त संस्थाले नयाँ वर्ष, तीज, होली, दशैं तथा देउसी–भैलो जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। साथै, नेपालका विभिन्न राष्ट्रिय कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ। हालै मात्र सार्वजनिक भएको गीत “याद” मा गायक प्रमोद खरेलको स्वर रहेको छ भने गीत रचना स्वयं रिमा श्रेष्ठले गरेकी हुन्। उक्त गीतमा संगीत रविन्द्र पौडेलले दिएका छन्। म्युजिक भिडियोमा डा. सुभाष आचार्य, रविन्द्र पौडेल र कृतिका बस्नेतको अभिनय देख्न पाइन्छ। यस म्युजिक भिडियोका निर्देशक चर्चित भिडियो निर्देशक सोनाम पाख्रिन हुन् भने छायांकन दिनेश पराजुली र सम्पादन विकास दाहालले गरेका छन्। “याद” गीत विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न तथा हेर्न सकिन्छ। गीतकार रिमा श्रेष्ठलाई नेपाली सांगीतिक क्षेत्रमा यति धेरै माया र योगदान पुर्‍याएकोमा हार्दिक बधाई तथा शुभकामना। उहाँका सिर्जनाहरूले समाजमा अझ गहिरो छाप छोड्न सकोस् भन्ने कामना गर्दछौं।

Continue Reading
Posted in समाचार

परिकला न्युजका पत्रकार सुवास संकल्प चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा निर्विरोध निर्वाचित

परिकला न्युजका पत्रकार सुवास संकल्प चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा निर्विरोध निर्वाचित इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ…

Continue Reading