विश्व क्यान्सर दिवस ललितपुरमा मनाईने !
भक्तपुर, माघ २० गते
विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले ललितपुरमा जनचेतनामूलक र्याली तथा सभा आयोजना गरि मनाउने भएको छ । क्यान्सर रोग बारे जनचेतना अभिवृद्धि गर्न तथा क्यान्सर रोग लाग्नै नदिन समुदायलाई सचेत पार्न ललितपुरमा जनचेतनामुलक र्याली आयोजना गर्ने भएको भक्तपुर क्यान्सर अस्पतालका ब्यवस्थापक राजाराम तजलेले जनाएको छ ।
विश्व क्यान्सर दिवस ललितपुर दरवार क्षेत्रमा मनाउने तयारी छ यस्तो!
व्यवस्थापक तजलेका अनुसार क्यान्सर रोग बारे जनचेतना दिन क्यान्सर रोग लागेका, उपचार भई निको भएका तथा चिकित्सक नर्सहरु सहित ३ सय भन्दा बढी समुदायको सहभागितामा यस वर्ष विश्व क्यान्सर दिवस ललितपुरको दरवार क्षेत्रमा मनाउने भएको हो । सो अवसरमा डाक्टर चिकित्सर्कहरुको प्रर्वचन तथा मनोरञ्जनात्मक र जनचेतनामूलक जुम्वा नाचसहित स्वास्थ्य परिक्षण कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ । हरेक वर्ष फेवुअरी ४का दिन विश्वभर विभिन्न कार्यक्रम गरी वश्व क्यान्सर दिवस मनाउनेक्रममा ललितपुरका समूदायमा क्यान्सर बारे जनचेतना अभिवृद्धि गर्न सो कार्यक्रम आयोजना गरेको बताएका हुन ।
ललितपुर महानगर पालिकाका प्रवक्ता राजु महर्जनको प्रमुख आतिथ्यतामा आयोजना हुने सो कार्यक्रममा क्यान्सर रोग निको हुन्छ भन्ने सन्देश दिन निःशुल्क म्यामोग्राफि सेवाकालागि नाम संकलनकासाथै एक हप्ताभरी परिक्षण सेवा दिने साथै सभास्थलमा सुगर पे्रसर परीक्षण, प्याप्समेर, अल्टासाउनमार्पmत ब्रेष्ट र पेटमा क्यान्सरका लक्षण भए नभएको परिक्षण शिविर पनि आयोजना हुने जनाएको छ ।
रोग लागेपछि उपचार गर्न गाह्रो !
धनकुटाका ५३ वर्षिय अमर बहादुर तामाङ क्यान्सर रोगको थप उपचार गर्न आफै भक्तपुर क्यान्सर अस्पताल आइ पुगेका छन् । केही महिना अगाडी नै मुखको क्यान्सर भएको पुष्टि भएपनि उपचार खर्चको अभावमा उपचारै नगरि बसिरहेको तामाङ आफूलाई गाह्रो भएपछि थप उपचारकालागि एक्लै उपचारका लागि अस्पताल पुगेका हुन । अस्पताल परिसरमा सुतेर बसेपछि अस्पताल प्रशासनले सोझबुझका क्रममा उनी पैसाको अभावमा उपचार गराउन नसकेर अस्पताल परिसरमा अल्पत्र अवस्थामा बसेको थाहा पाएपछि अस्पतालले आवश्यक उपचारको बन्दोवस्त गरेको बताएका छन् । हरेक अस्पतालले १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने सरकारी प्रावधान अनुसार तामाङको थप उपचार भइरहेको उल्लेख गर्दै अस्पतालले विरामीको परिवारको पहिचान गरिसक्दा पनि परिवार सम्पर्कमा आइनदिदा थप उपचार गर्न समस्या भएको उल्लेख गरेका छन् । नागरिकता र विमा कार्ड सहित पहिलाको विरामी कार्ड समेत बोकेर अस्पताल आएपनि पारिवार सम्पर्कमा नआइदिदा भने विस्तृत उपचारकालागि विरामी आफै बौल्न समेत नसक्ने अवस्थामा रहेको भएपनि आवश्यक उपचार भइरहेको अस्पतालको भनाई छ ।












