मादुरो अपरणको विरोध गर्नु अमेरिकी देश र जनताको नभई, अमेरिकी साम्राज्यवादको विरोध हो । सचिव सुवाल
काठमाण्डौ, पुस २५ गते
भेनेजुयलामाथि अमेरिकी आक्रमण र राष्ट्रपति दम्पतिको अपहरण विरुद्ध आज काठमाण्डौमा विरोध जुलुस र सभा आयोजना गरेको छ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ काठमाण्डौको संयुक्त आयोजनामा आज सो सभा आयोजना गरेको हो । काठमाण्डौको रत्नपार्कमा भेला भई सुरु भएको विरोध जुलुसले काठमाण्डौ महानगर परिक्रममा गर्दै आयोजित सभामा बोल्दै नेमकिपा सचिव प्रेम सुवालले अपहरणमा परेका भेनेजुयलाका राष्ट्रपति मादुरो दम्पतिको सकुल फिर्ता गर्न आह्वान गर्नु भयो । सबैको साझा हित र रक्षा गर्न, युद्ध रोक्न बनेको संयुक्त राष्ट्र संघको बडापत्र बिपरित मादुरो अपहरण भएको प्रति आपति जनाउँदै सचिव सुवालले नेमकिपाले पुस १९ गते मादुरो अपरहण भएपछि पुस २० गते भेनेजुयला र ल्याटिन अमेरिकामा अमेरिकाको हस्तक्षेप बन्द गर, भेनेजुयाका राष्ट्रपति दम्पतिको रिहाई गर भन्दै विज्ञप्ति जारी गरेको बताउनु भयो । सचिव सुवालले भन्नु भयो, हरेक देशका जनतालाई आफ्नो देशको झण्डा प्यारो हुन्छ तर मादुरो अपहरण पश्चात अमेरिका मै अमेरिकी जनताले आफ्नो देशको झण्डा जलायो । मादुरो अपहरण विरुद्ध अमेरिकी जनताले बोलेपछि ट्रमले सोच्न बाध्य हुनु पर्ने र मादुरो दम्पतिको सकुल फिर्ता गर्नुपर्ने बताउनु भयो ।
झुठामुदा चलाएर मादुरो दम्पतिलाई अपहरणको विरोध गर्नु भनेको अमेरिकी जनता र देशको विरोध नभई अमेरिकी साम्राज्यवादको विरोध भएको भन्दै सचिव सुवालले अमेरिकाका सम्पूृर्ण कामदार जनता पनि हाम्रा साथी नै भएको उल्लेख गर्नु भयो ।
















