जुजु धौमा मिसावत! ल्याव परीक्षण गरेर प्रष्ट्याउनुपर्छ ।
भक्तपुर, बैशाख २३ गते
भक्तपुर जुजु धौ व्यवसायी संघले संघका सदस्य व्यवसायीहरुको दहीमा संखा नगर्न आग्रह गरेका छन् । संघमा आवद्ध ४९ वटा व्यवासयीहरुको दही उत्पादनको सिप र प्रविधिमा एकरुपता भएको भन्दै संघका अध्यक्ष कृष्णगोपाल सैंजूले सदस्य व्यवासयीहरुले उत्पादन गरेका दहीमा कम्तिमा ८० प्रतिशतसम्म एकरुपता भएको दाबी गरेका हुन् । भक्तपुर नगरपालिका वडा नं। २ को एक दही पसलबाट बिक्रि भएको दहीमा मिसावत आएको गुनासो आएपछि संघले दहीमा पाउडर दुध र चिनी बाहेक अरु अखाद्यवस्तु मिसाउने चलन नभएको प्रष्ट पारेका हुन भने स्थानीय उपभोक्ताहरुले दही किनेर लगेको ३।४ दिनपछि पनि सो दही ताजै देखिएको पानीसँग धुल्दा पनि नधुलेको, दहीमा नेकपिन जस्तो अखाद्य बस्तु मिसाइएको गुनासो गर्दै सामाजिक सञ्जालनमा पोस गरेपछि यस विषयमा चर्चा चुलिको प्रति संघको ध्यानाकषर्ण भएको भन्दै अध्यक्ष संैजूले उपभोक्ताले देखेको कुरा संखा गरेर मात्र नराखि खुलेर बताई दिन र कमजोरि देखिए गुनासो समेत गरिदिन आग्रह गर्नु भयो । उपभोक्ताले गुनासो गर्नु जायज भएको भन्दै सो बारे व्यवसायीले दुध तताउँदा तताउँदै जम्मेको तथा माटोको भाडामा जम्माएको दही भएकोले पानी पनि बाहिर नदेखिएको हुन सक्ने र त्यस बारे थप जिज्ञासा रहेमा सरकारी प्रयोगशालामा परिक्षण गराएर भएपनि बास्तविक कुरा बाहिर ल्याएर दहीको गुणस्तरीयमा फैलिएको भ्रम चिर्न र उपभोक्ताको गुनासोको सुनुवाई गर्न आवश्यक भएकोमा जोड दिएका छन् । उपभोक्ताले संखा गरेको कुरा परिक्षण नै गर्नुपर्छ, तथ्य कुरा बाहिर ल्याउनै पर्छ, व्यवसायीले मिसावत गरेको पाइए कानून अनुसार कार्वाही गर्नुपर्छ संघ यसमा प्रतिबद्ध छ अध्यक्ष संैजूले बताए ।


सो अवसरमा लक्ष्मी दही भण्डारका व्यवसायीले आफ्नो उत्पादनमा कुनै कैफित नभएको र आफूहरुले दही बनाउने प्रकृयालाई अवलोकन गरी बास्तविक कुरा बुझि दिन आग्रह गर्नु भयो, उपभोक्ताले गरेको गुनासो नै राम्रो दहीको गुण भएको र अन्यथा ल्यावमा परिक्षण गरी सही कुरा प्रष्ट्याई दिन आग्रह गर्नु भयो ।
यसै बीच उपभोक्ता अशोक किलम्बुले आफ्नो गुनासोले व्यवसायीलाई बद्नाम गर्न नखोजेको, आफूले देखेको र आफ्नो नाटेदारहरुको गुनासोलाई प्रकास पारेको चर्चा गर्दै सो दहीको ल्याब परिक्षण गरी खान योग्य भए नभएको पुष्टि गर्नुपर्ने र मिसावत भएको देखिए कार्वाही गर्न आग्रह गर्दै भक्तपुरको पहिचान बोकेको जुजुधौको बदनाम नगर्न समेत व्यवसायीलाई आग्रह गर्नु भयो । उहाँले सो बारे सम्बन्धित निकायले निश्पक्ष छानविन र परिक्षण गरेर भ्रम चिर्न पनि आग्रह गर्नु भयो । उहाँले भन्नु भयो सो दहीमा अखाद्य वस्तु मिसिएको हो वा होइन भन्ने बारेमा छानविन गनै पर्छ । थप छानविनकालागि भक्तपुर नगरपालिका बजार अनुगमण समितिका संयोजक एवं भक्तपुर नगरपालिका ३ वडाका वडाध्यक्ष राजकृष्ण गोराले सो दहीको नमूना संकलन गरिएको पनि उपभोक्ता किलम्बुले जनाएको छ ।
आरोपित लक्ष्मि दही भण्डारका संचालकहरु भने आफ्नो उद्योगको बदनाम नगर्न आग्रह गर्दै उद्योगको निरिक्षण र परिक्षण गरिदिन आग्रह गरेका छन् ।












