१३६ औ अन्र्तराष्ट्रिय श्रमिक दिवसको तयारी भेला

१३६ औ अन्र्तराष्ट्रिय श्रमिक दिवसको तयारी भेला

भक्तपुर, बैशाख १७

विश्वका सम्पुर्ण मजदुर एक होऔं भन्ने मुल नारासहित १३६ औ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा हुने जुलुस तथा सभा भव्यताकासाथ सम्पन्न गर्न नेपाल क्रान्तिकारी डकर्मी संघ भक्तपुर नगरपालिका ४ वडा समितिको आयोजनामा मजदुर भेला सम्पन्न भयो । भेलामा प्रमुख अतिथि नेपाल क्रान्तिकारी मजदुर संघ केन्द्रिय समितिका उपाध्यक्ष्ँ का.उपेन्द्र सुवालले विश्वका मजदुरहरुको बा“च्न पुग्ने ज्याला माग राखी अमेरीकाको शिकागो शहरमा भएको मजदुर आन्दोलनको संघर्षको कारण आज मजदुरहरुले दिनको आठ घण्टा काम गरे पुग्ने विश्वव्यापी रुपमा कानूनी अधिकारको मान्यता पाएको दिन भएकोले शोषित पीडित बहुमत कामदार जनताले हरेक बर्ष मे महिनाको पहिलो दिनलाई विजय उत्सवको रुपमा मनाउ“दै आएको चर्चा गर्नुभयो । अहिले पनि निजी उद्योगका धेरै मजदुरहरु विश्वव्यापी मान्यता विपरीत धेरै समय काममा खटिनुपर्ने अवस्था भएको तर जीवनयापन गर्न पुग्ने ज्यालाको बन्दोबस्त नभएकोले योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोवस्त हुने कामदार वर्गको शासन सत्तँ प्राप्त गर्न साथै शोषणबाट मुक्ति पाउन समाजवादको आवश्यकता छ । त्यसको लागि आजदेखि नै त्याग र समर्पणको भावनाले निःस्वार्थ रुपले शोषित पीडित मजदुरहरुको बीचमा राजनैतिक चेतना जागृत गरी संगठित शक्तिको निर्माण गर्नुपर्ने आवश्यकता छ भन्नुभयो । नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुर जिल्ला समितिका पञ्च रत्न सैंजूले शोषित मजदुरहरुको एकताबिना शोषक वर्गको शोषणबाट पाउन नसक्ने भएकोले विश्वका प्रसिद मजदुर आन्दोलनको ईतिहासबाट पाठ सिकेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

अहिलेको पु“जीवादी सरकारले देशको आर्थिक अवस्था उकास्नको लागि उद्योग कारखाना खोली रोजगारीको सृजना गर्नुपर्ने दायित्वबाट पन्छिएको कारण आज देशको अर्थतन्त्र परनिर्भर भएको बताउनु भयो । पु“जीवादी सरकारका कथित ट्रेडयुनियनका मजदुर नेताहरुले धम्कीको भाषामा उद्योग कारखानामा चन्दा असुल्ने प्रवृतिविरुद आवाज बुलन्द गर्दै नेमकिपाको मजदुर संगठनले ईमान्दारीपुर्वक सौहार्दपुर्ण वातावरणमा सहयोग संकलन गर्ने कार्यलाई सबै उद्योग व्यवसायी तथा मजदुरहरुले पं्रशसा गर्दै आ आफनो क्षमता अनुसार सहयोग गरेको बारे चर्चा गर्नुभयो । नेमकिपा भ.न.पा.बोलाछे. एकाई समितिका एच.एस. सुवालले युवावर्ग विदेश पलायन हु“दा जग्गा जमिन बा“झो भएकोले स्वदेशी उत्पादन नहु“दा विदेशबाटै विषादीयुक्त तरकारी,खाद्यान्न आयात गर्नु परेको बताउनुहु“दै सम्पुर्ण मजदुरहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला संघ बोलाछें समितिका अध्यक्ष्ँ कृष्ण लक्ष्मी दुवालले महिला मुक्तिको निम्ति समाजवादी व्यवस्था अपरिहार्य भएको बताउदै राज्यले प्रत्येक नागरिकलाई काम मामको बन्दोवस्त गर्न सक्नुपर्ने बताउनु भयो ।
आयोजक समितिका अध्यक्ष्ँ पुरुषोत्तम जाकिबन्जारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा २०८२÷१÷१७ गते हुने १३६ औ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा हुने जुलुस तथा सभामा सहभागिताको लागि अपिल गर्नुभयो ।