नंखेलका गैरकानूनी प्लतिङ्ग विरुद्ध संघर्ष समितिको पत्रकार सम्मेलन
भक्तपुर, बैशाख १६ गते
सूर्यविनायक नगरपालिका वडा नं९को काँक्राबारीस्थित घिसिङ डाँडा प्लतिङ विरुद्ध संघर्ष समितिले वन तथा सार्वजनिक क्षेत्र, बाटो, कुलो, पानीको मुहान एवं पाइपलाईन समेत अतिक्रमण गर्दा पनि स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालयले व्यवास्था गरेपछि बाध्य भएर राष्ट्रको चौठौं अंक पत्रकारितालाई गुहार्न परेको बताएका छन् । अनियमित प्लतिङ बिरुद्ध सरोकारवाला निकायलाई जानकारी र उजुरी समेत दिएर प्लतिङ विरुद्ध संघर्ष समिति समेत गठन गरिसक्दा पनि सरोकारवाला निकायले ध्यान नदिएकोमा आपति जनाउँदै आज काँक्राबारीस्थित घिसिङ डाँडामा पत्रकार सम्मेलन गरेका हुन ।
संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर तामाङ्गका अनुसार सो प्लतिङ्ग सञ्चालनमा आएपछि ६०।६५ घरधुरीकालागि लगिएको खानेपानीको पाइपलाईन अवरुद्ध भएको छ, सिचाई गर्ने कुलो मासिएको छ । नियमित बाटोहरु पुरिएका छन् । २० रोप्नी भन्दा बढी बन तथा सार्वजनिक क्षेत्र अतिक्रमणमा परेको छ । जग्गा धनीहरुको खेत अनुमतिविना सम्याएको छ, बालि गर्न नमिल्ने गरी माटोले पुरिएको छ । सयौ रुखहरु अनुमतिबिना कातिएका छन् । पहिरोको जोखिम बढ्ने गरी डाँडा सम्याएको छ । प्राकृतिक स्वरुप नै बडलिने गरी दैनिक २५ देखि २७ वटासम्म डोजर चलाएर बसोबास रहेको घर समेत स्थानान्तरण गर्न बाध्य पारेको छ ।


यता स्थानीय वडाध्यक्ष भगवान खत्रीले भने प्लतिङका सञ्चालक निक भुजिकीक हाउजिङ कम्पनीले सार्वजनिक सुनुवाई गरेर वडाको सिफारिस अनुसार काम गरिरहेको बताउँछन् तर स्थानीय जनताले भने वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर प्लटिङ्ग सञ्चालन गर्नु गैरकानूनी भएकोले त्यसको विरुद्ध संघर्षमा उत्रने बताउँछन् ।
हाउजिङ कम्पनीका सञ्चालक मध्येका एक डिल्ली बराइलीले भने कम्पनीको ८० प्रतिशत जग्गामा डोजर चलाउन स्थानीय तहको अनुमति लिएर काम गरेको भएपनि वातावरण परिक्षण, बन तथा आवास सम्बन्धि आधिकारिक अनुमति भने पाइ नसकेको तर प्रक्रृयामा रहेको स्वीकार्छन । भक्तपुरको कर्णालीको नामले चिनिएको क्राँक्राबारी जस्तो दुर्गम क्षेत्रमा पनि नेपाली गाउँको झल्को दिने गरी विकास गर्न लागेको उल्लेख गर्दै अहिले गैरकानूनी रुपमा सञ्चालन भएको देखिए पनि आफूहरुको उदेश्य गलत नभएको भन्दै जनगुनासो जायज भएको बराइली बताउँछन् । हिउँद सकिएर बर्षातको समयमा बाढि पहिरोको जोखिमलाई ध्यान दिएर मात्रै अहिले डोजर चलाएको दाबी गरेका बराइलीले स्थानीय ४ वटा गुठीका प्रतिनिधीहरुको समेत सहमतिमा सो कार्य गरेको तर गाउँका सबैका आआफ्ना मागहरु भने कार्यान्वयन गर्न आफूहरुले नसक्ने बताए ।
यस विषयमा यता सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र प्रवक्ता रविन्द्र सापकोटाको भनाई भने एउटै छ । फोनमा भन्नु भयो यस विषयमा आज व्यस्त छौं भोली कुरा गरौला ।

करिब १ अर्व लगानीमा ४ सय रोपनी क्षेत्रमा सञ्चालित सो हाउजिङ बनाउन चलाएको दर्जनौ डोजरहरुका कारण बिपति निम्ताउने खतरा रहेकोमा स्थानीय जनता त्रसिद छन् । सरोकारवाला निकायको पटक पटक ध्यानाकर्षण गराउँदा समेत नसुनेपछि बाध्य भएर पत्रकार समक्ष आउनुपरेको बताउँछन्। हाउजिङ कम्पनीका बराइली भने आफूहरुले गरेको काम गैर कानूनी भए सम्बन्धित निकायले कार्वाही गरोस, हामी कार्वाही सहन तयार छौं भन्छन्, स्थानीय जनता भने हाउिजिङ कम्पनीले गरेको गैरकानूनी कुरालाई ज्ञापन पत्रको रुपमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई गर्दैन, डोजर रोक्दैनन्, हामी न्यायका लागि कहाँ जाने ? पत्रकारसँग प्रश्न गरेका छन् । हामीलाई धम्कि आउँन सक्छ, सेतिङमा काम गरिरहेको छ । हामी न्यायकालागि लड्छौं, संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर तामाङ्गले पत्रकार समक्ष बताए ।