चाँगु नगरस्तरीय नृत्य प्रतियोगितामा मित्रश्री पाठशाला प्रथम
भक्तपुर, फाल्गुण १३ गते
चाँगुनारायण नगरस्तरीय नृत्य प्रतियोगितामा मित्रश्री पाठशाला प्रथम भएको छ । आज भएको फाइनल प्रतियोगितामा मित्रश्रीले बाल्मिकेश्वर मा.वि.लाई दोस्रो र श्रीकृष्ण माविलाई तेस्रो पार्दै प्रथम शिल्ड हासिल गरेको हो । क्षेत्रिय प्रतियोगिताहरुका उत्कृष्ठ ९ विद्यालयहरु बीच आज भएको फाइनल प्रतियोगितामा उत्कृष्ठ विद्यालय र विद्यार्थीहरुलाई आजै नगर पालिकाका प्रमुख जीवन खत्रीले शिल्ड तथा प्रमाण पत्र वितरण गरिएको चाँगुनारायण नगरपालिका शिक्षा शाखाका शाखा प्रमुख दिनेश अर्यालले जनाएको छ । विद्यार्थीहरुको बौद्धिक र शारीरिक विकाससँगै विद्यार्थीहरुलाई सृजनशिल र सक्रिय बनाउन अतिरिक्त कार्यक्रमहरु अन्तर्गत यो प्रतियोगिता आयोजना भएको उहाँले बताए । निकत भविष्यमै जिल्लास्तरीय बत्तृत्व प्रतियोगिता गर्ने तयारी गरेको छ ।

चाँगुनारायण नगरका ४० वटा विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका मध्ये क्षेत्रिय प्रतियोगिता सम्पन्न गर्दै आज भएको फाइनल प्रतियोगितामा नविन इ. स्कूल, बाल्मिकेश्वर मा.वि., मित्रश्री पाठशाला, क्वालिटि स्कूल, श्रीकृष्ण मा.वि., प्रज्ञा इ. स्कुल, आरक्षण नेशनल एकेडेमी, गणेश मा.वि. छालिङ्ग र दोलागिरी मा.वि.ले सहभाजिता जनाएको थियो ।














