भक्तपुर जिल्ला मार्सल आटर््स हाप्किडो संघको प्रथम अधिवेशन सम्पन्न

भक्तपुर जिल्ला मार्सल आटर््स हाप्किडो संघको प्रथम अधिवेशन सम्पन्न
खेलकूदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने अभिप्रायले नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगर तथा भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापाको आतिथ्यमा असार ९ गते शनिबार भक्तपुर जिल्ला मार्सल आटर््स हाप्किडो संघको अधिवेशन सम्पन्न भयो ।

सर्वसम्मतिबाट पुनः पद्मा खयरगोलीको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला मार्सल आटर््स हाप्किडो संघको अधिवेशन भक्तपुर जिल्ला खेलकूद विकास समितिको कार्यालयमा भएको थियो ।
नेपाल राष्ट्र भित्र मार्सल आर्टस हाप्किडो खेलको विकास विस्तार गर्ने र मार्सल आटर््स खेलमा अन्तराष्ट्रिय स्तरमा नेपालको सहभागिता बृद्धि गरी खेलकूदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्नु पर्नेमा प्रमुख अतिथि नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरले जोड दिनु हुंदै हाप्किडो खेललाई विद्यालयबाट शुरु गर्नुपर्ने बताउनु भयो । विश्वभर आत्मरक्षा कला एवं विभिन्न मार्सल आटर््स टेक्निकको एकमुष्ठ रुपमा रहेको हाप्किडोले नेपालमा अन्तराष्टिय पदक ल्याउन सफल हाप्पिडो संघको ६० वटा जिल्ला गठन भएको र नेपाल भरिमा ११०० जना हाप्किडो प्रशिक्षक रहेको जानकारी गराउनु भयो ।
भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापाले “स्वास्थ्य, सुरक्षाको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नारालाई आत्मसात गर्दे हाप्किडोले पनि खेलकुद जगत अझ नयाँ आयाम कोर्न सकोस् भन्नुहुँदै खेल क्षेत्रमा लागेका राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य, शिक्षा र सुनिश्चित भविष्यका लागि भक्तपुर जिल्ला खेलकूद विकास समिति लागि परेको बताउनु हुंदै संघको प्रतिवेदनबाट जनचेतनामूलक आत्मरक्षा प्रशिक्षणहरुको सुचिबाट आफु प्रभावित भएको बताउनु भयो । निकत भविष्यमा जनचेतनामूलक आत्मरक्षाका प्रशिक्षणमा समितिबाट पहल गर्नुका साथै हाप्किडो खेलको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रम पहिलो सेसनको औपचारिक कार्यक्रममा संघका अध्यक्ष पद्मा खयरगोलीले २०७६ साउनदेखि २०८० जेष्ठसम्मको भक्तपुर जिल्ला मार्सल आटर््स हाप्किडो संघबाट गरेका कार्यविवरण साथै आफ्ना कार्यानुभव प्रस्तुत गर्नु भएको थियो ।
खेलाडी, प्रशिक्षक, खेलप्रेमी महानुभाव लगायत शिक्षा क्षेत्रका गन्यमान्य व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रमको दोश्रो चरणमा सबैको सर्वसम्मतिबाट पुनः पद्मा खयरगोलीको अध्यक्षतमा १३ सदस्यीय भक्तपुर जिल्ला मार्सल आटर््स हाप्किडो संघ गठन भएको छ । जसमा ५ जना सल्लाहकार पनि रहेको छ ।
अध्यक्ष ः पद्मा खयरगोली
प्रथम उपाध्यक्ष ः राजेन्द्र प्रसाद श्रेष्ठ
द्धितिय उपाध्यक्ष ः रविन्द्र प्रसाद श्रेष्ठ
सचिव ः सुरेन्द्र जाकिबन्जार
सहसचिव ः राजेन्द्र भुषण खयरगोली
कोषाध्यक्ष ः रिता रञ्जितकार
सदस्य ः प्रकाश दुवाल
सदस्य ः श्याम सुन्दर बासुकला
सदस्य ः अमित रञ्जित
सदस्य ः संगिता मुस्याख्व
सदस्य ः जयन्ती श्रेष्ठ
सदस्य ः लुमन्ती श्रेष्ठ
सदस्य ः रोजिना लोहला
सल्लाहकार ः नारायण झा
सल्लाहकार ः विनोदचरण राय
सल्लाहकार ः हरिबहादुर श्रेष्ठ
सल्लाहकार ः राजु सिं बजिको
कानुुनी सल्लाकार ः श्रीधर ङाखुसी
अधिवेशन कार्यक्रम अध्यक्ष पद्मा खयरगोलीको सभापतित्वमा संघका सचिव सुरेन्द्र जाकिबंजारले संचालन गर्नुभएको थियो ।