जनताले देशको चिन्ता नलिए देश नै नरहने: अध्यक्ष विजुक्छे

जनताले देशको चिन्ता नलिए देश नै नरहने: अध्यक्ष विजुक्छे
भक्तपुर, पुस २ गते
४२ औं नेपाल भाषा साहित्य त:मुज्या व सांस्कृतिक ब्वज्याले आज सम्मेबजी कार्यक्रम गर्दै त:मुज्यामा उत्कृष्ठ भएका सांस्कृतिक कलाकारहरुलाई पुरस्कृत गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा भार्वाचोमा गत असोजमा सम्पन्न ४२ औं त:मुज्या र नेपाल सम्बत ११४३को अवसरमा आयोजित भिन्तुना र्यालीमा सहभागि सांस्कृतिक समूह तथा सहयोगी निकायलाई धन्यवादस्वरुप मायाको चिनो प्रदान गरेको थियो ।
जनता बाचे, भाषा बाच्छ, भन्ने उद्घोष गर्ने त:मुज्याको ४२ औं सृखलाको सम्मेबजी कार्यक्रममा अध्यक्ष विजुक्छेले हालै सम्पन्न निर्वाचन पश्चात सत्तासिन दलहरुले पैसा बाढेर निर्वाचन जितेको धेरै उदाहरणहरु आइरहेको चर्चा गर्दै अहिलेको निर्वाचन मत परिणामले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएकाले ६ महिनामा निर्वाचन गर्नुपर्ने अवस्था देखिएको बताउनु भयो । यसरी निर्वाचन गर्दा धेरैपैसा खर्च हुने भएकाले तिनीहरु मिलेर सरकार गठन गर्ने प्रयासमा रहेको उल्लेख गर्नु भयो । हामी नेपाली जनताले देशको चिन्ता लिएन भने देशै नरहनेस्थिति आउन सक्ने अवस्था आएको भन्दै अध्यक्ष विजुक्छेले राजनैतिक सचेतनाको अभावमा जनताले भोज र पैसा दिएको हिसाबमा मतदान गरेको कुराले देशको सार्वभौमिकता कमजोर हुदै गएको उल्लेख गर्दै जनताको राजनैतिक र सांस्कृतिक चेतनावृद्धिमा लाग्नुपर्नेमा जोड दिनु भयो । सो अवसरमा नवनिर्वाचत सांसद एवं नेमकिपाका सचिव प्रेम सुवालले पनि पैसा बाडेर मात्रै चुनाव जितेकाहरुको सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने देखिएको चर्चा गर्दै सार्वभौमिकता र विदेशी हस्तक्षपको विरुद्धमा पहिला जस्तै प्रमुख प्रतिपक्षको भूमिकामा रहने विचार व्यक्त गर्नु भयो । उहाँले २०२२ सालमा भारतले सुस्तामा गरेको अतिक्रमणको विरोधमा भक्तपुर देखि काठमाण्डौसम्म जुलुस नेमकिपाले नै गरेको उल्लेख गर्दै देशको अर्थतन्त्र धरापमा पर्ने गरी खाद्यान्न, तरकारी समेत भारतबाट आयात गरी नेपालको कृषि क्षेत्र कमजोर बनाए जस्तै विदेशीबाट जन्मेका नागरिकहरुलाई समेत बंषजको नागरिकता दिएर नागरिकतालाई बस र फिलिमको टिकट जस्तो बनाउने नागरिकता विद्येयकको बिरुद्धमा नेमकिपाले निरन्तर विरोध गर्दै आएको बताउनु भयो ।


भक्तपुर नगरपालिकाका प्रमुख एम नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामा नेमकिपाको सिद्धान्त अनुसार शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण र विकासमा स्थानीय जनताको अतुलनिय योगदान रहेको चर्चा गर्दै हालै सम्पन्न निर्वाचनमा सिद्धान्त बिर्सेर गठबन्दन गर्नु राजनैतिक नैतिकता विपरितको कुरा भएको भन्दै उहाँले सिद्धान्त छोडेपछि नैतिकता बाँकी नहुने बताउनु भयो । देशमा राजनैतिक अस्थिरता ल्याएर भारतले देशको प्राकृतिक सम्पतिहरु एक एक गरी आफ्नो हातमा पारी भारतीय विस्तारबाद हाबि भएको बारे हालै सम्पन्न निर्वाचनमा पनि देशभरका जनतालाई सचेत पार्ने काम नेमकिपाले गरेको बताउनु भयो । हालै निर्वाचित बागमति प्रदेश सभाका सदस्य सांसद सुरेन्द्रराज गोसाईले जनतालाई राजनैतिक चेतना दिने राजनैतिक पार्टीको धर्मलाई बिर्सेर सत्तासिन दलहरुले निर्वाचन जित्न गरेको गलत हकर्तले देशमा राजनैतिक अस्थितरता आएको बताउनु भयो । उहाँले निर्वाचन मार्फत जनतालाई विश्व विद्यालयले दिन नसकिने राजनैतिक, वर्गीय संघर्षका चेतना दिन सकिने विचार व्यक्त गर्नु भयो ।
४२ औं तमुज्याका अध्यक्ष एवं भनपा १का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा ईतिहासविद् प्रोफेसर डाक्टर पुरुषोतमलोचन श्रेष्ठले विश्वमा दास प्रथा उन्मूलन गरी ऋणमुक्त गरेको पहिलो देश नेपाल रहेको ऐतिहासिक तथ्य नेपाल सम्वतले पुष्टि हुने विचार ब्यक्त गर्नु भयो । कार्यक्रममा विश्व मोहन जोशी, त:मुज्याका अध्यक्ष आसकुमार चिकंबन्जार, कृष्णप्रसाद दुमरु र लक्ष्मीसुन्दर सुवालले पनि बोल्नु भएको थियो ।