ट्रान्सपरेन्सी इन्टरनेशनल ९टीआई० नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल ९टीआई० नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल ९टीआई० नेपालको आज २०७९ असोज ०७ गते सम्पन्न २७ औँ वार्षिक साधारणसभाले श्री पद्मिनी प्रधानाङ्गलाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको छ । सभाले कार्यसमिति सदस्यमा श्री सबिता भण्डारी बराल, श्री शरच्चन्द्र वस्ती, श्री सिताराम अग्रहरी, श्री मदनकृष्ण शर्मा, श्री महेन्द्र नारायण श्रेष्ठ, श्री हरि बहादुर थापा, श्री सुनिता गुरुङ र राष्ट्रिय ब्यवसायिक पहललाई निर्वाचित गरेको छ । अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् । ९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ । सभाले संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।
संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ । भ्रष्टाचार विरुद्धको राजनितिक प्रतिवद्धता र शुन्य संवेदनशिलता नारामा मात्र सिमित रहेको जनाएको छ । संघीय संरचना र लोकतान्त्रिक व्यवस्था सुदृढ भई आम नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा अझै कार्यान्वयन हुन नसकेको पनि उल्लेख गरिएको छ । सभामा उपस्थित सदस्यद्वारा संस्थाको सक्रियता र प्रभावकारिता बढाउन, नागरिक पहरेदारको भूमिका शशक्त बनाउन र नयाँ रणनिति मार्फत संस्थालाई अघि बढाउन पर्ने जस्ता कुरामा जोड दिइएको छ । नव निर्वाचित कार्यसमितिलाई भ्रष्टाचारको विरोधमा प्रभावकारी पहल गर्न सभाले सुझाव दिएको छ ।