गैरनाफामुलक सामाजिक संस्थाकोरुपमा भक्तपुरको चाँगुनारायण नगरपालिका(४ मा संचालित नेपाल इन्जिनियरिङ कलेजका संस्थापक अध्यक्ष प्रा.डा. दिपक भट्टराईको निधन पछि भ्रष्टाचार काण्डमा मुछिई हाल धरौटीमा रिहा भएका कलेजका पूर्व(अध्यक्ष लम्वोदर न्यौपाने कलेज हडप्न पुन हौसिएका छन्। फौजदारी अभियोग लागेमा कलेज संचालक समितिको सदस्यबाट स्वत निस्कासित हुने कलेज विधान बमोजिम विधिवतरुपमा कलेजबाट निस्कासित भइसकेका नीज लम्वोदर न्यौपानेको हाल कलेजमा कुनै वैधानिक हैसियत छैन तर “नेपालको कानूनलाई पैसाले किन्न सक्छु“ भनी फलाक्दै हिड्ने न्यौपानेले कलेजको लेटर(प्याड र छापको अनधिकृत प्रयोग गरी आफूलाई अझै कलेजको अध्यक्ष भनी घोषणा गर्दै हिँडिरहेका छन् र कलेजको नाममा अनधिकृत फेसवुक एकाउन्ट खोली कलेज र कलेज संचालकहरू विरुद्ध नियमित मिथ्या प्रचार गरिरहेका छन्। सवै नेपालीको साझा संपत्तिको रुपमा रहेको नेपाल इन्जिनियरिङ कलेजलाई २०७४र१र२५ गते लम्वोदर न्यौपानेले आफ्नो एक्लैको स्वामित्व भएको दावी गरी गोप्यरुपमा कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता गरेको जानकारी प्राप्त भएपछि दिपक भट्टराईले उक्त कार्यको सशक्त विरोध गरेपछि दिपक भट्टराई र लम्वोदर न्यौपाने बीचको सम्वन्ध विग्रिएको थियो। स्वामित्व विवाद बढ्दै गएपछि लम्वोदर न्यौपानेलेआफु सहित कलेज संचालक समितिका ११ जना मध्ये ५ सदस्यहरूलाई विभिन्न प्रलोभन देखाई आफ्नो पक्षमा पार्न सफल भए पनि दिपक भट्टराई नेतृत्वको पक्षमा ६ जना सदस्य भएपछि लम्वोदरको कलेज हडप्ने सपना साकार हुन सकेन। दिपक भट्टराईको उजुरी पश्चात अख्तियार दुरुपयोग अनुसाधान आयोगले यस मामिलामा छानविन सुरु गरिसकेको हुँदा मध्य(पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिई कलेज बेच्ने सपना पनि तुहिनलागेपछि हताथ भई लम्वोदरले उक्त छानविनलाई प्रभावमा पार्न अख्तियारका पूर्व(आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैया घुस दिएको भिडिओ बाहिर आएपछि अख्तियारले लम्वोदरको विरुद्ध विशेष अदालतमा मुद्दा हालेको थियो तर थप ७८ लाख रुपैया धरौटी राखी हाल लम्वोदर लाजै नमानी धक फुकाएर स्वतन्त्र हिडेका छन्। उच्च अदालत पाटनलाई प्रभावमा पारी दुई दिनकोलागि लम्वोदरको नीजि कम्पनीले कलेजहातमा पार्न झन्दै सफल भएपनि सम्माननीय सर्वोच्च अदालतको निशेध(आदेश (स्टे(अर्डर) पछि लम्वोदरकोकलेज बेच्ने सपनानिस्कृय अवस्थामा छ। कलेजलाई गैरनाफामुलक सामाजिक संस्थाकैरुपमा संचालन गर्नु पर्ने अडानमा रहेका आफ्ना साख्खै जेठान दिपक भट्टराईलाई क्यान्सरले च्यापेपछि वितग तीन वर्षदेखि कलेजमाथि गिद्दे दृष्टि लगाएर बसेका लम्वोदर खुसिहुनु स्वाभाविक हो। २०७६र७र११ मा दिपक भट्टराईको निधन पछि लम्वोदर पुन एकपटक हौसिएका छन्। कलेजसंचालन हुन नसकी बन्द भएमा कलेज बेच्ने अभिष्ट पुरा गर्न सजिलो हुनेकुरा लम्वोदरलाई थाहा छ।कलेजको दैनिक संचालनमा अवरोध हाल्न २०७६र७र१७ गते लम्वोदरले कलेजका केही कर्मचारीहरूलाई मानसिक तनाव दिन उनीहरूको व्यक्तिगत इमेल ठेगानामा धम्कीपूर्ण पत्रहरू पठाएका छन्। उक्त पत्र पश्चात लम्वोदरका दुष्सहास र दुष्प्रयास विरुद्ध कलेजका सम्पुर्ण शिक्षक(कर्मचारीहरू‚ विद्यार्थीहरू र स्थानीयवासीहरू कलेजकोगैरनाफामुखी सामाजिक स्वरुप बचाउन थप संगठित भएका छन्।२०७६र७र१८ गते कलेजमा आयोजित श्रद्धान्जली कार्यक्रमा प्रदेश ३ का सांसद माननीय मणिराम फुँयाल‚ भक्तपुर जिसस प्रमुख नवराज गेलाल‚ चाँगुनारायण नगरपालिका उपप्रमुख वीणा बास्तोला‚ चाँगुनारायण नगरपालिका वडा नं १ देखि ४ सम्मका सवै वडाध्यक्षहरू सहितले नेपाल इन्जिनियरिङ कलेजको गैरनाफामुखी सामाजिक स्वरुप कायम राख्ने प्रतिवद्धता जाहेर गरेका छन्। यो प्रतिवद्धताबाट कलेजलाई नाफा नलिने उद्येश्यका लागि सञ्चालितल गैरनाफामुलक संस्थाको रुपमा स्थापित हुने हाम्रो गहिरो विश्वास छ ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














