भक्तपुरमा रहेका ७ जना सहित शनिवार देशभर ३३१ जनामा कोरना संक्रमण
भक्तपुरमा रहेका ७ जना सहित शनिवार देशभर ३३१ जनामा कोरना संक्रमण भएको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर आज ३३१ जनामा कोरना संक्रमण भएपछि संक्रमितको संख्या ८ हजार ६ सय ५ जना पुगेको जनाएको छ भने १ सय ७८ जना कोरना संक्रमणबाट निको भइ घर फर्केको पनि जनाएको छ । आज संक्रमण पुष्टि भएका भनिएका भक्तपुरका ७ जना महिला भने भक्तपुरस्थित खरिपाटीको क्वारेन्टाइमा रहेकाहरु हुन । उनीहरु जेष्ठ ३० गते कुवेटबाट नेपाल आएका थिए । संक्रमित हुनेहरुमा कास्कीकी २३ वर्षकी, २८ वर्षकी सुर्खेत र बाराकी एक एक जना महिला, नवलपरासीकी २९ वर्षकी, झापाकी ३७ वर्षकी, मोरंगका ४१ र ४२ वर्षकी महिलाहरु हुन । उनीहरुको पिसिआर परिक्षणमा पोजेटिभ देखिएपछि थप उपचारको लागि पाटन अस्पताल लगिएको छ । खरिपाटी क्वारेन्टाइनमा अन्य ९४ जनाको कोरना परीक्षण भने कोरना नभएको (नेगेटिभ) रहेकोे छ ।














