कोरना संक्रमित १६ जना थपियो, सङ्क्रमितको सङ्ख्या ७५ पुग्यो ।।

काठमाण्डौ, बैशाख २१गते
नेपालमा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमितको सङ्ख्या ७५  पुगेको छ । आज एकैदिन १६ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । बाँकेको नेपालगञ्जमा ९ र वीरगञ्जमा १ जनामा कोरोना पुष्टि भएको हो । आज सांझ फेरी ६ जनामा कोरना सङ्क्रमित भएको खबर छ ।     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । सङ्क्रमित ९ मा ५ पुरुष र ४ जना महिला छन् । उनीहरू ७ देखि ५८ वर्ष उमेर समूहका रहेको देवकोटाले बताउनुभयो । नेपालगञ्जमा यसअघि एकजनामा कोरोना सङ्क्रमण देखिएको थियो । आजै वीरगञ्जमा पनि थप एकजनामा कोरोना पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो ।