शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।

शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
काठमाण्डाै,
भक्तपुर विकास सहयाेग सङ्घले शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. रवि भक्त तिमिलाज्यूसँग भएकाे छलफल र परामर्शमा भक्तपुर विकास सहयाेग सङ्घकाे तर्फबाट साे अस्पताल परिसरमा इमर्जेन्सिकाे लागि प्रतिक्षालय निर्माण गर्ने निर्णय गरेकाे छ । सङ्घकाे विस्तारित ब‌ैठकबाट साे कार्यकाे लागि सल्लाहकार इ. हरिश्रेणी लाल श्रेष्ठकाे संयाेजकत्वमा महासचिव प्रा.डा.माला मल्ल, सचिव राम सैंजु, कार्य समिति सदस्यहरू किरण राज सुवेदी, निमा मल्ल र मन्जित मल्ल सदस्य रहेकाे ७ सदस्यीय समिति गठन भएकाे र सल्लाहकारमा सङ्घका अध्यक्ष राजुमृगेन्द्र जाेशी रहने जनाइएकाे छ । साेही बैठकमा प्रतिक्षालय निर्माणकाे लागि संयाेजक इ. हरिश्रेणी लाल श्रेष्ठले रू ६५,०००/- र सललाहकार एवम् पूर्व अध्यक्ष कृष्ण लाल प्रधानले रू ५०,०००/- काे चेक हसतान्तरण गर्नुभएकाे थियाे भने अन्य पदाधिकारी तथा सदस्य, सङ्घका सल्लाहकार, निवर्तमान अध्यक्षलगायतबाट रकम सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरिएकाे थियाे ।


उक्त महत्वपूर्ण बैठकमा सङघबाट निकट भविष्यमा प्रकाशन हुन गइरहेकाे ” भक्तपुरकाे साँस्कृतिक एवम् पुरातात्विक ” विषयक महत्वपूर्ण पुस्तककाे तयारीबारे संयाेजक प्रा.डा. माला मल्ल र सदस्य राजुराम मुनंकर्मीले जानकारी गराउनुभयाे । त्यसैगरी बैठकमा सङघबाट नियमित रूपमा प्रकाशन हुँदै आएकाे बाैद्धिक सम्पत्ति “खाेपृङ” २८ अङ्ककाे तयारीबारे संयाेजक अमृत प्रसाद कायष्ठ र कार्यकारी सम्पादक राजुराम मुनंकर्मीले विस्तृत जानकारी गराउनुभयाे ।
त्यसैगरी सामाजिक क्षेत्र र कला , संस्कृति, सम्पदाकाे क्षेत्रमा अनुराेधपत्रकाे आधारमा हाल चलिरहेकाे भक्तपुरकाे लक्ष्मीनरसिंह पूजा अभिषेक कार्यकाे लागि र वातावरण मञ्चकाे बृक्षाराेपण कार्यक्रमकाे लागि केही आर्थिक सहयाेग प्रदान गर्ने समेत निर्णय भएकाे थियाे ।
साेही बैठकमा आमन्त्रितकाे रूपमा सहभागी हुनुभएका नवदुर्गा देवगण जात्रा व्यवस्थापन समितिका अध्यक्ष नारायण बनमालालाई रत्न सुन्दर साँयजु नवदुर्गा भवानी अक्षयकाेषबाट नवदुर्गा देवाली पूजा “स्वन्था” काे लागि आेम सैंजुले रू २५,०००/-” काे चेक आर्थिक सहयाेग बापत हस्तान्तरण गर्नुभएकाे थियाे । उक्त चेक ग्रहण गर्नु हुँदै बनमालाले नवदुर्गा देवाली पूजा “स्वन्था” काे परिचय, आवश्यकता, ऐतिहासिक कथन, प्रचलनबारे सविस्तार चर्चा गर्नुहुँदै अहिलेकाे प्रगतिसँग मेल खाने बताउनुभयाे । त्यसैगरी उहाँले याे सहयाेग रकमकाे लागि भक्तपुर विकास सहयाेग सङ्घ र दाता परिवारप्रति कृतज्ञता ज्ञापन गर्नुहुँदै उतराेतर प्रगतिकाे कामना गर्नुभयाे भने बैठकमा सहभागी सबैलाई नवदुर्गा भवानीकाे प्रसाद बाँड्नुभएकाे थियाे । सङ्घका अध्यक्ष राजुमृगेन्द्र जाेशीकाे अध्यक्षतामा बसेकाे साताैंं बैठकमा सचिव राम सैंजुले धन्यबाद ज्ञापन गर्नुभएकाे थियाे ।