चाँगुनारायण नगरपालिका क्षेत्रका मतदान स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण

चाँगुनारायण नगरपालिका क्षेत्रका मतदान स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण
भक्तपुर, माघ २९ गते
भक्तपुर निर्वाचन क्षेत्र १ को चाँगुनारायण नगरपालिका क्षेत्रका मतदान स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण आजबाट सुरु गरेको छ । फागुण २१ गतेको निर्वाचनमा व्यवस्थित रुपले मतदान गराउन आवश्यक तयारीका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी उपरिक्षक सूर्यबहादुर खड्का सहित सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं १का प्रमुख नवराज दाहाल र निर्वाचन अधिकृत राधिका सुवाल सहित निर्वाचन अनुगमणका अधिकारीहरुको टोलिले स्थलगत निरिक्षण गरेको जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरले जनाएको छ । आज चाँगुनारायणनगरपालिकाको वडा नं. १, २ र ३ अर्थात दुवाकोट र झौखेल क्षेत्रका मतदान केन्द्रहरुको स्थलगत निरिक्षण सम्पन्न गरेका छन् भने भोली चाँगुनारायण नगर क्षेत्रका छालिङग, चाँगु, बागीश्वरी, नगरकोट, सुडाल र तथलीसम्मका मतदान केन्द्रहरुको स्थलगत निरिक्षण गरिने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बहादुर बिसीले जनाएको छ । यस नगरपालिकामा २१ मतदान स्तलहरुमा ५५ मतदान केन्द्र रहेको छ । भने मतदाताको हिसावमा ४६ हजार ५ सय १५ मतदाताहरु रहेका छन् ।