महेश्वरी खेल मैदान परिसर आज गरियो सरसफाई
भक्तपुर, कार्तिक १ गते
भक्तपुर, १ कार्तिक । भक्तपुर नगरपालिका महेश्वरी खेल मैदान परिसर सरसफाई कार्यक्रम समापन भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले एक समारोह बीच महेश्वरी खेल मैदानमा सम्पन्न भयो ।
कार्यक्रममा वडाध्यक्ष उकेश कवाँले खेल मैदानमा फोहर नदेखिएपछि धेरै फोहर आएको बताउँदै दशनामीहरुले शव गाड्ने स्थल भनि सर्बोच्च अदालतबाट समेत हराई सकेपछि यहाँको वातावरण सुधार गर्न बृक्षा रोपनदेखि विभिन्न विकास निर्माण सुरु गर्दा फेरी सर्वोच्च अदालतबाट रोक्का पत्र आउँदा विकास निर्माण गर्न नपाएको बताउनुभयो । उहाँले खोला सरसफाईमा चुनौति रहेता पनि खोलामा रहेको विभिन्न फोहरहरु सरसफाई गरेको बताउनुभयो । उहाँले कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, विद्यार्थी, सहकारी, विभिन्न संघसंस्था, कर्मचारी, हनुमानघाट सुधार समिति लगायत सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा वडा निरिक्षक रामकृष्ण प्रजापतिले पाक्षिक सरसफाई महिनाको १ गते र १५ गते सरसफाई गरी भक्तपुर नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन यसलाई निरन्तरता दिई रहेको बताउनुभयो । कार्यक्रममा वडासदस्य हरिरत्न गोर्खाली, हिरा ख्याजु, रन्जना त्वातीको सहभागी रहेको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













