दिव्य शताव्दी पुरूष रत्न सुन्दर सायँजुकाे निवासमा सङ्घद्वारा शुभकामना र बधाई ज्ञापन ।
भक्तपुरकाे नासमना मङ्गलाछेंमा जन्मनु भएका श्री रत्न सुन्दर साँयजु भक्तपुरकाे पहिलाे मेयर हुने सुअवसर प्राप्त गर्नु भई जनकपुर चुराेट कारखाना, बाँसवारी छाला जुत्ता कारखाना, हुलाक विभाग र वाणिज्य विभागकाे प्रमुखका रूपमा कुशल नेतृत्वदायी भूमिका निभाउनुका साथै भक्तपुर विकास सहयाेग सङ्घकाे संस्थापक सदस्य एवम् हाल वरिष्ठ सल्लाहकार हुनुहुन्छ । वहाँकाे शताव्दी वर्ष प्रवेशकाे सुखद अवसरमा सङ्घका पदाधिकारी र सल्लाहकार सम्मिलित टाेली हालकाे निवास नारायणगोपाल चोक , काठमाण्डाैमा परिवारसहित भेटघाटकाे आयाेजना गरी शुभकामना र बधाई ज्ञापन गर्ने कार्य सम्पन्न भयाे ।

साे क्रममा सङ्घका अध्यक्ष राजु मृगेन्द्र जाेशीले शुभकामना तथा बधाई ज्ञापन पत्र हस्तान्तरण गर्नुभयाे भने पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्ण लाल प्रधानले शताव्दी पुरूष रत्न सुन्दर सायँजुलाई दाेसल्ला अाेढाई सम्मान गर्नुभयाे । त्यसैगरी महासचिव प्रा.डा. माला मल्लले श्रीमती राजेश्वरी सायँजुलाई दाेसल्ला अाेढाई सम्मान गर्नुभयाे । सम्मान व्यक्त गर्ने क्रममा सङ्घका द्वितिय उपाध्यक्ष गजेन्द्र बहादुर भुजु र सचिव राम सैंजुले दुबै दम्पत्तिलाई माला लगाई सम्मान गर्नुभयाे । त्यसैगरी कार्यसमिति सदस्य मन्जित मल्लसहित अन्य सहभागी पदाधिकारीबाट सङ्घबाट प्रकाशित सामग्री खाेपृङ पत्रिका, भिते तथा डेस्क क्यालेण्डर र खाेपृङ डायरी हस्तान्तरण गरिएकाे थियाे भने सङ्घका टाेली र सायँजु परिवारका तर्फबाट छाेराहरू आेम सायँजु र अशेाक सायँजु तथा छाेरी, नातिसहितकाे संयुक्त सहभागितामा केक काटी खुशियाली मनाएकाे थियाे ।
साे अवसरमा सङ्घका पूर्व अध्यक्ष कृष्ण लाल प्रधानले “सङ्घकाे इतिहासमा पहिलाेपटक शताब्दी पुरुष पाएको र सम्मान गर्ने अवसर जुटेकाेमा सङ्घ परिवार गाैरवान्वित भएको” बताउनु हुँदै उहाँकाे योगदानबारे चर्चा गर्नुभएको थियो । साथै सम्मानित व्यक्तित्व सायँजुका सुपुत्रहरूले धार्मिक कृयाकलापको लागि रत्न सुन्दर सायजु र राजेश्वरी सायँजुको नाममा पाँच लाखको अक्षयकाेषकाे प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे ।
सम्पन्न मिति : २०८२ श्रावण २३ गते शुक्रबार ।
-राजुराम मुनंकर्मी
फाेटाे स्राेत: राम सैंजु














