वागीश्वरी कलेजमा क्षमता अभिवृद्धिबारे ३ दिने तालिम सुरु
जेठ १५, भक्तपुर । वागीश्वरी कलेज, तुमचो कमलविनायकको आयोजनामा क्षमता अभिवृद्धिसम्बन्धी ३ दिने तालिम सुरु भएको छ । जसअन्तर्गत आज त्चबष्लष्लन यल ःबलबनष्लन द्यभततभच क्भाि त्जचयगनज क्भाि ब्धबचभलभकक बलम क्ष्लतभचउभचकयलब िच्भबितष्यलकजष्उ बारे तालिम दिइयो ।
उद्घाटन सत्रका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले व्यक्तिको विचार नै व्यक्तित्वको मूल आधार भएको विचार व्यक्त गर्नुभयो । उहा“ले अगाडि भन्नुभयो– ‘तालिममा सिकेका सिप भोलिका दिनमा व्यवहारमा यहा“हरूले उतार्नु हुने नै छ ।’
कोही पनि व्यक्ति सर्वज्ञाता बन्न खोज्नुजस्तो मुर्खता अरू केही नहुने चर्चा गर्दै आत्म समीक्षा गरेर अघि बढ्न सके हामीबाट कम गल्ती हुनेछ उहा“ले भन्नुभयो ।
सुझबुझको अभाव नै हाम्रो आजको समाजको समस्या भएको भन्दै उहा“ले अब विद्यालय वा कलेज मात्र सिक्ने थलो हुनुहु“दैन भन्नुभयो ।
व्यक्तिको मात्र नभई संस्थाको व्यक्तित्वमा पनि विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उहा“ले संस्थाको व्यवस्थित व्यवस्थापनले हाम्रो सांस्कृतिक उचाइ बढ्नेमा प्रकाश पार्नुभयो ।
प्रधानमन्त्रीजस्तो व्यक्तिले ‘एमालेले काठमाण्डौं कब्जा गर्ने’ अभिव्यक्ति दिनु उचित नभएको भन्दै उहा“ले बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीहरूमै ठोस राजनीतिक दृष्टिकोणको अभाव भएको दृष्टान्त दिनुभयो ।
सत्तापक्षीय सांसदहरूलाई नै प्रदेश प्रमुख को हो भन्ने जानकारी नहुनु र प्रदेश प्रमुखलाई गर्ने व्यवहारमा शिष्टाचारको अभाव देखिनु सबै संस्थाको व्यक्तित्वसित सम्बन्धित विषय हुनु उहा“ले भन्नुभयो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त तालिमको उद्घाटन सत्रमा कलेज व्यवस्थापन समितिका सदस्य एवं वडाध्यक्ष रवीन्द्र ज्याख्वले कलेजले शिक्षक कर्मचारीको सीप विकासको लागि निरन्तर विविध विषयमा तालिम दिइरहेको चर्चा गर्दै जीवनमा सिपको महŒवमाथि प्रकाश पार्नुभयो भने वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
आयोजक कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मानविकी सङ्कायका इन्चार्ज राजन फेलु र शिक्षक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
कुल ३५ जनाको सहभागिता रहेको उक्त तालिममा उत्तम आचार्य र विनोदकुमार विष्टले तालिम दिनुभएको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














