भ.न.पा.का जनप्रतिनिधीहरुको तीन वर्ष पूरा, उत्कृष्ठ कर्माचारी, परम्परागत घर बनाउने घर धनीहरु पुरस्कृत

भ.न.पा.का जनप्रतिनिधीहरुको तीन वर्ष पूरा, उत्कृष्ठ कर्माचारी, परम्परागत घर बनाउने घर धनीहरु पुरस्कृत

भक्तपुर, जेष्ठ ६ गते
भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरुको तीन वर्ष पूरा भएको अवसरमा नगर पालिकाका उत्कृष्ठ कर्माचारी तथा परम्परागत घर बनाउने घरधनीहरु आज पुरस्कृत भएका छन् । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा ख्वप इन्जिनियरिङ्ग कलेजको सभाहलमा आयोजना भएको थियो । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि सुवालले भक्तपुरलाई सफा, स्वच्छ, सांस्कृतिक नगरी बनाउने, पारदर्शी, मितव्ययी, आर्थिक अनुशासन सहितको विकास गर्ने सबैको लक्ष्य भएको बताउनु भयो । फोहरमैला व्यवस्थापन, सम्पदा संरक्षण सहित देशभरको समस्याको रुपमा रहेको शैक्षिक क्षेत्रमा मध्यपान र धुम्रपान जन्यवस्तु बिक्रिबितरण रोकेर शैक्षिक वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो । सांसद सुवालले देशको अर्थतन्त्र कमजोर रहेकाले सरकारसँग जागर नदेखिएकोे टिप्पणी गर्दै उहाँले नीति निर्माणमा सांसदमा खेलि रहेको भूमिका बारे प्रकाश पार्नु भयो । सरकारसँग कर्माचारीलाई तलब खुवाउने पैसा समेत नभएको बेला जनस्वास्थ्यमा असरपर्ने गरी अस्वस्थकर खानपिन तथा जगंफुड खानबाट रोकेर जनतामाझ सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नेमकिपाको निर्वाचन घोषणा पत्र अनुसार भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र तथा शैक्षिक गणतव्य स्थलको रुपमा विकास गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएकोले यस वर्ष ९० भन्दा बढी विभिन्न पालिकाहरुका जनप्रतिनीधिहरुले भक्तपुर नगर पालिकाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण लगायतका विषयहरुको अध्ययन तथा अबलोकन भ्रमण गरेको बताउनु भयो । नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा इतिहास विषयका शिक्षक विश्वमोहन जोशी, ख्वप अस्पतालका निर्देशक मझेस प्रताप मल्ल, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य, ख्वप कलेज अफ इन्जिनियरिका प्राचार्य सुनिल दुवाल, ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले आआफ्नो धारणा राखेका थिए ।