पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा सिल्पकार विजयी

पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा सिल्पकार विजयी
भक्तप्ुर, मंसिर २८ गते
नेपाल पत्रकार महासंघ भक्तपुरको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । निर्वाचन मतपरिणाम अनुसार वर्तमान अध्यक्ष जगतकृष्ण प्रजापतिलाई १६ मतको फरकमा सुन्दर सिल्पकारले ७५ मत प्राप्त गरी विजयी गरेको निर्वाचन समितिले जनाएको छ ।
आज विहान १० बजेदेखि साँझ ४ बजेसम्म भएको निर्वाचनमा १४६ सदस्य मध्ये १३६ मतदाताले मतदान गरेका थिए । मतपरिणाम अनुसार उपाध्यक्षमा बाबुकाजी श्रेष्ठले प्राप्त गरेको ६३ मत विरुद्ध ६८ मत प्राप्त गरी हेमराज ढकाल विजयी गरेको छ । महिला उपाध्यक्षमा नविना खर्बुजाले ७२ मतका साथ ६२ मत प्राप्त गर्ने बविता अधिकारीलाई हराएका छन् । सचिवमा आशिष पौडेललाई हराउँदै दीपक ढुंगानाले ११ मतको फरकमा ७२ मत प्राप्त जित निकालेको छ । सहसचिव खुल्लामा विरेन्द्र चम्लागाईलाई ११ मतले पछि पार्दै दिनेश कार्की ७० मतका साथ विजयी भए ।सह सचिव सम्माबेसीमा रामकृष्ण तितजूलाई हराउँदै राजल छुंका (हरिसन्दुर)ले ७० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा ७२ मत प्राप्त गरी रामगोपाल तमखुले ११ मत फरकमा हरिशरण तिमिल्सीनालाई हराएका छन् । महिला सदस्यमा सुनिता तुलाघरलाई १३ मतको अन्तरमा सिर्जना खतिवडा विजयी भए । सदस्य महिलामा निशा कुस्मा र रेणु त्वायनाबासुले सम्मान ६४।६४ मत प्राप्त गरी बराबरीमा रहेका छन् ।
यसै बीच सदस्यहरुमा मनोजकुमार फुयाल, मणिराम लामिछाने, पुष्पा कुमारी साउद, सुर्दशन आचार्य, नारायण थापा, केशवप्रसाद तिमिल्सिना विजयी भएका छन् । महासंघको केन्द्रीय परिषद्मा पेशल आचार्य, पूर्णभक्त दुवाल, जीवन ढुंगाना, रमेश गिरी विजयी भएका हुन । यसै बीच आदिवासी जनजाति सदस्यमा सुरेश सायंजूले ९४ मत, सुरजवीर बज्राचार्यले ५८ र शैलेन्द्र डंगोलले ४९ मत प्राप्त गरेको थियो ।