प्रदेश सरकारबाट वागीश्वरी माविले बस अनुदान प्राप्त गर्ने

हेटौडा, फागुन २४ गते ।
वागमतीप्रदेश सामाजिक विकास मन्त्रालयबाट संचालित सामुदायिक विद्यालय बस सेवा कार्यक्रम अन्तर्गत भक्तपुरको वागीश्वरी माविले बस अनुदान प्राप्त गर्ने भएको छ । मन्त्रालय, सम्बन्धित स्थानीय सरकारका प्रतिनिधि र विद्यालयबीच हेटौडास्थित मन्त्रालयको सभाकक्षमा शुक्रबार त्रिपक्षीय रुपमा सम्पन्न हस्ताक्षर एवं अनुदान सम्झौता कार्यक्रममा भक्तपुरका वागीश्वरी मावि, च्याम्हासिंह र सरस्वती मावि, थाकलमथलगायत २५ वटा विभिन्न सामुदायिक विद्यालयहरुलाई बस प्रदान गर्ने घोषणा गरिएको हो ।
सामाजिक विकास मन्त्री युवराजदुलालको प्रमुख आतिथ्यमा सम्पन्न उक्तकार्यक्रममा भक्तपुर विद्यालयको तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष रविन्द्र ज्याख्वले र नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य छोरीमैया सुजखूले सम्झौतापत्रमा हस्ताक्षर गरेकाथिए ।
कार्यक्रममा मन्त्रीदुलालले प्रदेश अन्तर्गतका १३ वटा जिल्लाहरुमा ६ हजार ९ सय वटा सामुदायिक विद्यालयहरु रहेको उल्लेख गर्दै राज्यको लगानीमा स्थापित विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गरी अभिभावकहरुमा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सरकारले विशेष अभियान संचालन गरिरहेको बताउनुभयो । उहाँले नेपालमै पहिलो पटक सरकारको तर्फबाट आप्mनो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरेर सामुदायिक विद्यालयलाई बस सेवाप्रदान गर्न लागेको बताउनु भयो ।


प्रदेश सरकारकै तर्फबाट हाल १२१ वटा सामुदायिक विद्यालयहरुमा एक विद्यालय एक नर्स कार्यक्रम संचालन प्रारम्भ गरेकोमा सबैबाट सकारात्मक प्रतिकृया आएपछि कार्यविधि पारित गरी सबै विद्यालयमा आगामी आवबाट उक्त कार्यक्रम लागू गर्ने तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयका सचिवगोकर्णमणी दुवाडीले प्रदेशभित्रका १ हजार ५ सयवटा विद्यायलहरुबाट बस सेवाप्राप्तिकालागिआवेदन परेकोमध्ये १० जिल्लाकाउत्कृष्ट २५ वटा विद्यालयहरु छनौट गरी बस सेवा सम्झौतागरिएको बताउनुभयो । उहाँले सामुदायिकविद्यालयप्रतिअभिभावकहरुको आकर्षण वृद्धि गर्नु अझै पनिचुनौतिपूर्ण रहेको चर्चा गर्दै शिक्षा क्षेत्रमानिजीलगानीलाई क्रमशःन्यूनीकरण गरी सामुदायिकविद्यालयको स्तरोन्नतीको विकल्प नरहेको बताउनुभयो ।
सामाजिकविकास महाशाखाप्रमुखदिपेन्द्र सुवेदीले विद्यालय बस सेवाकार्यक्रमअन्तर्गत छनोट भएकाविद्यालयहरुलाई मन्त्रालयको तर्फबाट एकमुष्ट २५ लाख रुपैया प्रदानगर्ने र बस खरिदकालागि कर छुटको व्यवस्थामिलाइदिने जानकारी दिनुभयो । कम्तिमा ४२ सिटक्षमताको बस खरिद प्रकृया भने सम्बन्धितविद्यालयले नै अघि बढाउनुपर्ने उहाँको कथनथियो ।
कार्यक्रममाविद्यालयकाप्रधानाध्यापकहरुको प्रतिनिधित्वगर्दै वागीश्वरी माविकाप्रअ कृष्णप्रसाद धन्छाले सामुदायिकविद्यालयप्रतिअभिभावकहरुको विश्वास बढाउने अभियानस्वरुपप्रदेश मन्त्रालयले बस सेवाप्रदानगर्न लागेकोमाधन्यवाद ज्ञापन गर्नुभयो । स्थानीय राजनैतिकअग्रजहरुको साथ, अभिभावकहरुको सहयोग र विद्यालयकाशिक्षककर्मचारीहरुको अथक मेहनतको प्रतिफल स्वरुपहालवागीश्वरी मावि ३ हजार ३ सयभन्दा बढी विद्यार्थी संख्या रहेको र यो वर्ष विद्यालयबाट २५८ जनाविद्यार्थीहरुले एसइइ परीक्षादिने तयारी गरिरहेको अवगत गराउनुभयो । उहाँले विद्यालयको आफ्नै स्रोतले एउटा बस खरिद गरी संचालनगरिरहेको र तत्कालीनउच्चमाविशिक्षा परिषद्ले समेत विद्यालयलाई एउटा बस उपहार प्रदान गरेको जानकारी दिंदै प्रदेश सरकारबाट प्राप्तहुने बस सेवाले विद्यालयको प्रगतिमाथप सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो ।
कालिकागाउँपालिकाकाअध्यक्ष सीताकुमारी पौडेल अधिकारी र सेतीदेवीमावि, सिन्धुपाल्चोकका कृष्णप्रसादसिवाकोटीले प्रदेश सरकारले आगामीआर्थिक वर्षको बजेटमा सामुदायिकविद्यालयको भौतिकपूर्वाधार विकास र शैक्षिक स्तरोन्नतीकालागि स्थानीय सरकारहरुलाई आवश्यक बजेट पठाउने व्यवस्थागर्नुपर्नेमाजोड दिनुभयो ।
कार्यक्रममा सहभागीविद्यालयकाप्रतिनिधिहरु प्रदेश सरकारबाट प्राप्तहुने बस अनुदानबाट खुशी देखिएपनि बस खरिद प्रकृयाबारे अन्यौलताव्यक्तगर्दै थिए । त्यस्तै विकट ठाउँका विद्यालयहरुले बस सेवा संचालनगर्न चुनौतिपूर्ण हुने धारणा पनिव्यक्तभएको पाइयो । ‘सामुदायिकविद्यालयलाई प्रदानगरिएको बस कही सेतो हात्तिपाल्ने जस्तै दुःखहुने त होइन?’ केहीविद्यालयकाप्रअहरुले शंकाव्यक्तगरिरहेकाथिए ।