निगमले घटायो, प्रतिलिटर पेट्रोलमा रु ५ र डिजेलमा रु.३
काठमाण्डौ, श्रावण ३१ गते
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलियम पदार्थमा अन्तराष्ट्रिय मूल्य घटेसँगै नेपालमा मूल्य समायोजन गरेको छ । निगमले आज प्रकाशित मूल्य सूची अनुसार पेट्रोलमा रु.५, डिजेलमा रु.२।९६ घटेर आएपछि निगमले श्रावण ३२ गते विहान १ बजे देखि पेट्रोलमा रु.५, डिजेल र मटिटेलमा रु.३ प्रटिलिटर घटाएको जनाएको छ । निगमले प्रत्येक १५।१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।















