औषाधि कारखानाहरुमा अनुगमन

औषाधि कारखानाहरुमा अनुगमन

भक्तपुर, २५ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा औषाधि कारखानाहरु मंगलबार अनुगमन गरियो । अनुगमनमा औषाधि उद्योगमा सम्बन्धित कागजातहरु नराखेको पाइएको संयोजक गोराले बताउनु भयो ।
सिम्का ल्याबोरेटोरिज प्रा.लि. भक्तपुर दर्ता नविकरण गरी सम्बन्धित कागजात सहित तीन दिन भित्र भागिभलत त्चभबतmभलत एबिल को लगबुक र रिपोर्टसहित नगरपालिकामा उपस्थित हुन निर्देशन दिई मजदुर कर्मचारीहरुको जायेज माग सम्बोधन गरी प्रष्ट धारण पेश गर्ने र औषाधि कारखानामा अनुगमन नगराएकोले गराउनुपर्ने निर्देशन दियो । अनुगमन टोलिप्रति जिम्मेवार नभई गैर जिम्मेवार भई प्रस्तुत भएको अनुगमन समितिका संयोजन राजकृष्ण गोराले बताउनुभयो । उहा“ले म्याद नाघेको औषाधिहरु र कारखानाको केमिकल भएको फोहर पानी प्रशोधन गर्ने प्रदुषण नियन्त्र प्रणालीको ईपिटि फोहर उपचार प्रणाली केन्द्र संचालन समेत नभएको र औषाधिहरु त्यहि आफ्नै जग्गामा डम्प गर्ने गरेको बताउनुभयो । उहा“ले डब्लु एच ओ जिएमपि गाईडलाइन बमोजिम प्रमाणिकरण कागज समेत औषाधि उत्पादन गर्ने उद्योगमा नराखेको बताउनुभयो । सिम्काका प्लान हेड देवानन्द शाहीले अनुगमनमा १३ जनाको ठूलो टोलिमा एक जना मात्र फर्मासिष्ट भएकोले एक जनालाई मात्र अनुमति दिएको अरुलाई नदिएको लेखिदिनुभयो ।


त्यस्तै एभरेष्ट फर्मासेटिकल्स प्रा.लि.मा साइनबोर्ड एक हप्ता भित्र राख्न र २०७६÷०७७ देखि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्र.स.नि. कमल कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका राजु त्वानाबासु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला र ख्वप अस्पतालका मनिष ज्याख्वको सहभागी थियो ।