आदर्श माविमा हजार विद्यार्थी पढाउने क्षमता भएपनि २सय विद्यार्थी मात्रै भर्ना लिने !

आदर्श माविमा हजार विद्यार्थी पढाउने क्षमता भएपनि २सय विद्यार्थी मात्रै भर्ना लिने !

भक्तपुर, असार १९ गते
एक हजार विद्यार्थी पढाउने भौतिक पूर्वाधार रहे पनि २ सय विद्यार्थीहरुलाई मात्रै यसवर्ष कक्षा ११मा भर्ना लिने आदर्श आजाद मावि भिमसेनस्थान, भक्तपुरले तयारी गरेको छ । मानविकी, व्यवस्थापन, होटल म्यानेजमेन्ट, शिक्षा र ल सहितका विषयहरुमा धमाधम भर्ना लिइरहेको आदर्श आजाद माविले विद्यार्थीहरुलाई व्यवहारिक र समाजिक शिक्षा दिदै आएको माविका प्राधानाध्यापक श्रीकृष्ण किसीले जनाएको छ । एसईई परीक्षाको नतिजाको समीक्षा गर्दै प्रधानाध्यापक किसीले बालबालिकाहरुमा पठनशिप विकासको आवश्यकतामा जोड दिदै कोरोना पछिको शैक्षिक अवस्था कमजोर भएकाले त्यसैको प्रभाव अहिलेको एसईईको नतिजा भएको भन्दै उहाँले शिक्षक, विद्यार्थी र अभिभावकले आआफ्नो भूमिकामा पूर्नविचार गर्नसके शैक्षिक नतिजा थप परिस्कृत हुने बताएका छन् ।


आदर्श आजाद माविमा भर्ना हुन आउने विद्यार्थीहरु मध्ये उत्कृष्ठ र जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्ति र छुटको समेत व्यवस्था गरेको भन्दै सहप्रधानाध्यापक चक्रबहादुर चकतुले संयुक्त परीक्षा समितिको भर्ना शुल्कमै पढ्न चाहने तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुकालागि पढ्ने वातावरण सृजना हुने गरी विद्यालय आफैले पनि विभिन्न छुट सहित छात्रवृत्तिको व्यवस्था गरेको बताएका छन् । आदर्श आजाद माविको भौतिक पूर्वाधार विहानको समयमा मात्रै १ हजार विद्यार्थी पढाउन सकिने छ यद्यपी शैक्षिक गुणस्तरीयता कायम गर्न यस वर्ष २ सय जना मात्रै विद्यार्थी भर्ना लिने तयारी रहेको समेत उहाँले बताउनु भयो । संख्यालाई भन्दा गुणस्तरीयतालाई ध्यान दिदै भौतिक पूर्वाधारलाई मात्र ध्यान नदिएर उपलब्ध शिक्षक र विद्यार्थीको चापलाई ध्यान दिदै विद्यालयले यस वर्ष २ सय जना विद्यार्थी मात्रै भर्ना गर्ने तयारी गरेको बताएका हुन । यस वर्ष संयुक्त परीक्षा समितिले आदर्श आजाद सहित सदस्य विद्यालयहरुमा विज्ञान समूहमा २१ हजार र व्यवस्थापन, मानविकि। कनुन, शिक्षा शास्त्र समूहमा १३ हजार भर्ना शुल्क निधारण गरेको छ । माध्यमिक कक्षा १११२ स्तरीइ परीक्षा समितिका सदस्य विद्यालयहरुहरुमा बागीश्वरी मावि, बासुमावि, आदर्श आजाद मावि, देवी मावि, दोलागिरी मावि र जोरपाटी मावि सहित ६ वटा विद्यालय रहेका छन् ।