पाठक पत्र ः– धरौटी रकम (Refondable Deposit)
महेन्द्र विद्या आश्रम स्कूल प्रत्येक बर्ष शैक्षिक सत्र सुरुवाट र भर्ना अभियानको समयमा सधैं विवादित गुनासोहरु सुन्ने गरेको छ । यस बर्ष पनि उक्त स्कूलले पहिले कहिल्यै धरौटी रकम ९च्भायलमबदभि म्भउयकष्त० लिएको थिएन । अहिले देश आर्थिक मन्दिले ग्रसित भएकोले बेला, सारा व्यापारधन्दा व्यबसाय चौपट भएको बेला, दैनिक ज्याला मजदुर गर्ने काम समेत नपाएको बेला साथै सारा जनताको ढाड सेक्ने गरी बजार भाउ दिन दुई गुणा रात चौगुणा मंहगी बढेको, रोजिरोटी जुटाउने गा¥हो भएको अवस्थामा पत्येक कक्षाका विद्यार्थीहरुलाई रु.१२०००।–(बा¥ह हजार) धरौटी लिनु कतिको जायज छ ! कम्तिमा परिस्थिति हेरी अभिभावकको पिर मार्का बुझि स्कूलले कदम चालेको भए अभिभावकहरुको गुनासो आउँदैन थियो । अभिभावकहरुले म(रामकृष्ण प्रजापति) अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्षलाई गुनासो गरेपछि सिधै उक्त स्कूलका महेन्द्र सरलाई फोन मार्फत अभिभावकहरुले पहिला भन्दा थप रु.१२०००।–(बा¥ह हजार लिएको गुनासो आएकोले तपाईंसंग बुझ्न फोन गरेको भन्दा उहाँले मलाई पनि थाहा छैन भन्नुभयो । पछि अभिभावकले शुल्क विवरण पठाएपछि थाहा भयो कि धरौटी बापट थप रकम मागेको उक्त रकम नदिए भर्ना नगर्ने अप्रत्यक्ष धम्किको भाषामा अभिभावकलाई भनेपछि कुरा बाहिर आएको रहेछ ।
नेपालको संविधानमा मौलिक हक अन्तर्गत आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनि उल्लेख छ । संस्थागत विद्यालयको हकमा शिक्षा नियमावली २०५९ नयाँ संशोधन २०७७ को परिच्छेद २५ मा शुल्क सम्बन्धी व्यवस्थामा धारा १४५ विद्यालय वर्गिकरण तथा शुल्क अनुगमन समितिले संस्थागत विद्यालयमा अभिभावक संघका अध्यक्ष वा प्रतिनिधिको व्यवस्था गरेको छ । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले शुल्क निर्धारणका आधारहरु तयार गरेको छ । विद्यालयले शिक्षा नियमावली २०५९ नयाँ संशोधन २०७७ को परिच्छेद २५ मा शुल्क सम्बन्धी व्यवस्थामा धारा १४६ मा विद्यालयले लिन पाउने शुल्क तथा धरौटी लिन पाउने व्यवस्था गरेको छ जसमा एक महिनाको पढाइ शुल्क बराबर धरौटी रकम लिन पाउने व्यवस्था छ । यस्तो कानुनी व्यवस्था हुँदाहुँदै जथाभावी पहिला नलिएको शुल्कहरु लिने र लिए पनि कानुन सम्मत ढंगले लिनु पर्नेमा कानुन उल्लंघन गरी कार्य गरे बापत उक्त स्कुल अनुगमन गरी भक्तपुर नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाबाट कार्यवाही हुनु पर्छ कि पर्देन ? स्कूलले जे गरेपनि मुकदर्शक भएर मात्रै बस्ने हो कि कार्यवाही कार्यान्वयन तर्फ ध्यान दिने हो ।
अध्यक्ष रामकृष्ण प्रजापति अभिभावक संघ नेपाल, भक्तपुर जिल्ला समिति
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














