स्वस्थ रहन खेलकूदमा लाग्न भक्तपुर युवा टिमको आग्रह
भक्तपुर, चैत्र १७ गते
भक्तपुर युवा टिमले आज बनभोज कार्यक्रम आयोजना गरी दोस्रो भक्तपुर कप २०७९का सहयोगी निकायहरुलाई धन्यवाद ज्ञापन गरेको छ । गत फागुन ५ गतेदेखि १३ गतेसम्म महेश्वरी खेलमैदानमा आयोजना भएको दोश्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०७९ मा सहयोग गर्नेहरुलाई धन्यवाद पत्र प्रदान गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले शारीरिक व्यायामको कमीले मानिसहरुमा विभिन्न रोग लाग्न थालेको उल्लेख गदै एउटै रोगको उपचारमा डक्टरी परामर्श पनि ठरि ठरि हुन नहुने उल्लेख गर्दै नियमित ब्यायम गर्ने बानि भएमा प्रेस र सुगरको औषधी समेत खान नपर्ने तथ्य प्रस्तुत गर्नु भयो । उहाँले स्वस्थ रहनकालागि पनि खेल गतिविधिमा लाग्नुपर्नेमा जोड दिनु भयो भने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले भक्तपुर नगरपालिकाको खेल गतिविधि विशेष रहेको उल्लेख गर्दै खेलकूदमा देखिएको सिण्डिकेट टोड्न नसकेसम्म खेलकूद क्षेत्रको विकास नहुने धारणा राख्नु भयो । खेलकुद राष्ट्र र स्वास्थ्यको लागि नभई नहुने चर्चा गर्दै भक्तपुरमा खेलकूद पूर्वाधारको विकाससँगै खेलकूद विकासका विभिन्न गतिविधिहरु भइरहेको बताए ।
आयोजक भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले खेल गतिविधिमा सक्रिय रहेका सहकर्मीहरु स्वस्थ रहेको तर निस्कृयहरु विरामी मात्र नभई बितेका धेरै घटनाहरु रहेको स्मरण गर्दै खेलकूद गतिविधिमा सक्रिय रहनुपर्नेमा जोड दिनु भयो । युवा टीमकै कारणले भक्तपुरको खेलकुद परिचित रहेको पनि स्मरण गर्नु भयोे र खेल गतविधि अगाडी बढाउन टिमलाई सहयोग गर्न पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुले टीमका कार्यसमिति सदस्य एवं भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको हालै असमायिक निधन भएकोले उनको सम्झनामा निकट भविष्यमै बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने बताउनु भयो । कार्यक्रमको सुरुमा स्वर्गीय ग्वाछाप्रति श्रद्धाञ्जली अपर्ण गर्दै एक मिनेट मौउन धारण गरेको थियो । २०५० सालमा स्थापना भएको भक्तपुर युवा टिमले स्थापनाकाल देखि खेल प्रशिक्षणसँगसँगै विभिन्न खेल प्रतियोगिताहरु पनि आयोजना गर्दै आएको छ ।
गत वर्ष देखि सुरु भएको भक्तपुर कप फुटबल प्रतियोगिताको तेस्रो सृंखला २०८०मा आयोजना गर्न पनि तयारी थालेको आयोजक समितिले जनाएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














