बाराही साकोसको २३ औं साधारण सभा सम्पन्न
भक्तपुर, असोज २ गते
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरले आज २३ बार्षिक साधारण सभा आयोजना गरेको छ । संस्थाका बयोवृद्ध सदस्य कृष्णभक्त प्रजापतिले उद्घाटन गर्नु भएको सो कार्यक्रममा बयोवृद्ध सदस्य प्रजापतिलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दोसल्ला, टोपी, ज्याकेट, फुलको माला गुच्छाका साथ सम्मानित गर्नु भयो । कार्यक्रममा भक्तपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संरक्षित पूँजी फिर्ता कोषबाट संस्थाका संस्थापक सदस्य एवं ऋणी लक्ष्मीदेवी सैंजू, र बचतकर्ता मदन सुवाललाई पुरस्कृत गर्नु भयो । संस्थाको सदस्य वृद्धिसम्मानमा संचालक तर्फबाट राध्येश्याम सुवाल, उपसमितिको तर्फबाट पुर्णप्रसाद दुवाल, कर्मचारीबाट अनिता दुवाल, सदस्य मध्येबाट लक्ष्मी फाँजुलाई नेफ्सुनका सञ्चालक मन्दरा मिश्रले सम्मानित गर्नु भयो । नियमित बचतमा रोशन बाग, पञ्चलाल मानन्धर, रविन्द्र श्रेष्ठ, आशिष जाकिबन्जार र लक्ष्मी त्वातीलाई अतिथी सुनिल प्रजापतिले प्रशंसा पत्र वितरण गर्नु भयो । यसै गरी उहाँले बाल सदस्यमा इशान मधिकर्मी, चाभी बाडे, रशिक शिल्पकार, कृतिक त्वायना, लुज कायष्ठ लाई पनि प्रसंशा पत्रका साथै बिस्केट जात्रा किताब, स्कुल ब्याग स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।

साधारण सभाबाट २०७८।७९का असल ऋणीको रुपमा कमला मानन्धर, बचतकर्तामा लक्ष्मीसुन्दर सुवाललाई गोलाप्रथाबाट पुरस्कृत गरिएको थियो । सदस्यहरुबाट ४५ जना एसईई परीक्षामा सहभागि भएका मध्ये उत्कृष्ठ २ जना छात्र छात्राहरुलाई पनि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबाट सम्मानित गरेको थियो ।
संस्थाका अध्यक्ष विश्वराम त्वायनाबासुको सभापतित्वमा भएको सो साधारण सभा सम्पन्न भएसँगै डोर प्राइज गरी २३ जना सदस्यहरुलाई पुरस्कृत गरेको थियो । २७२३ पुरुष र २६१५ महिला एवं संघसंस्था ८ वटा र ८८० जना समेत गरी ६२२६ सदस्य रहेको बाराही साकोसले ७ करोड ३१ लाख ७७ हजार ७ सय शेयर पूँजी वृद्धि गरेको जनाएको छ । गत आर्थिक वर्षमा ५९ करोड ९८ लाख ९९ हजार ५८० ऋण लगाणी गरेको बाराही साकोसले १ करोड ८३ लाख ५७ हजार नब्बे रुपिया बचत (नाफा) गरेको छ । बाराही साकोसले सदस्य लक्षित विभिन्न सिपमूलक तथा दक्षता अभिबृद्धि तालिम आयोजना गर्दै आएको छ । साथै यसै आर्थिक वर्षमा कार्यालय सञ्चालनका लागि थप जग्गा खरिद गर्ने तथा सेवा केन्द्र विस्तार गर्ने निर्णय समेत भएको संस्थापक अध्यक्ष राध्यश्याम सुवालले जनाएको छ ।














