सवारी दुर्घटनामा एकको मृत्यु
भक्तपुर, असार २१ ग्ते
सवारी दुर्घटनामा परि मध्यपुर थिमीमा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मध्यपुर थिमी न.पा. वडा नं. ३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा. ४ ख. २२१२ नं.को बस र सोही दिशा तर्फ जाँदै गरेको बा. ७८ प. १०८३ नं.को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी पछाडी सवार रेजिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि उपचारका लागि इन्टरनेशनल अस्पताल कौशलटार लगिएका तामाङको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटी चालक रामेछाप दोरम्बाका सिद्धार्थ मगरको भने उपचार भइरहेको छ । बस चालक काभ्रेपलान्चोक तिमालस्थित नारायणस्थानका पोते तामाङलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीका सूचना अधिकारी लोकबहादुर जिसीले जनाएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













