मध्य रातिदेखि मौन अवधि सुरु हुने, आज प्रचारप्रसारको अन्तिम दिन ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज मध्य रातिदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन हुनु ४८ घन्टा अघि चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन ऐन अनुसार आज मध्य रातिदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा प्रचारप्रसारलगाायतका गतिविधि गर्न पाइँदैन । त्यसकारण चुनावी प्रचारका लागि आज अन्तिम दिन हो। आज पनि सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरू चुनावी सभामा सहभागी हुँदैछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रौतहट, सर्लाही, महोतरीमा हुने सभालाई सम्वोधन गर्न जाँदै हुनुहुन्छ भने काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरा पुग्नु भएको छ । आज उहाँले अमरगढी नगरपालिका र पर्शुराम नगरपालिकामा हुने सभालाई सम्वोधन गर्ने रेडियो अमरगढी डडेलधुराले खबर पठाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि गृह जिल्ला झापा पुग्नु भएको छ । त्यहाँ हुने सभालाई सम्वोधन गरी दिउँसो काठमाडौँमा हुने सभालाई सम्वोधन गर्न आउने ओलीको निजी सचिवालयले जनाएको छ । यसै बीच नेपाल मजदुर किसान पार्टीले आज भक्तपुरमा जुलुस तथा चुनावी सभा गर्दै छ । भक्तपुरको दुधपाटी र कमलविनायकबाट चुनावी र्याली आयोजना गर्दै ढौमधीमा निर्वाचन सभा गर्ने तयारी गरेको छ । सो सभामा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले सम्बोधन गर्ने छ । हिजो दत्तात्रय मन्दिर प्रांगणमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष विजुक्छेले सत्ताधारि दलहरुले नेमकिपाको शिक्षा,स्वास्थ्य, सरसफाई र कला संस्कृति संरक्षण गर्ने विकासको मोडल देखेर अतालिएर अनेक आरोप लगाउनेहरुलाई उल्लुको संज्ञा दिएको थियो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














