निर्वाचनको माहोलमा पनि भक्तपुरमा कृषि गणना जारी
भक्तपुर, बैशाख १४ गते
स्थानीय तहको निर्वाचनको माहोलमा कृषि गणनामा पुगेका गणकहरुलाई कृषकहरुले विभिन्न जिज्ञासाहरु राख्न थालेको छ । भान्छा देखि बजारसम्म विदेशी सामानहरुको प्रयोग बढी रहेको बेला कृषि गणनाले के लाभ मिल्छ र ? भनि कृषकहरुले जिज्ञासाहरु राख्न थालेको गणकहरुले जनाएको छ । यद्यपी स्थानीय तहको निर्वाचनले प्रभाव नपर्ने गरी लक्षित क्षेत्रमा कृषि गणना कार्य जारी राखेको छ । कृषि विकासका लागि स्थानीय जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माणमा सहयोग पुर्याउने उदेश्यका साथ देशभर गत बैशाख ६ गते देखि कृषि गणना थालिएको थियो । जेष्ठ १९ गतेसम्म हुने कृषि गणना अन्तर्गत भक्तपुरका १ हजार ५ सय कृषकहरुको घर परिवारमा पुगेर गणना भइरहेको कृषि गणना कार्यालय भक्तपुरका प्रमुख भीमबहादुर शाखले जनाएको छ । २२ पृष्ठको करिब ३ सय वटा प्रश्नावली सहित कृषि तथ्यांक संकलन भक्तपुरका ४ वटै नगरपालिकाका ५३ वटा केन्द्रहरुबाट २५ जना गणक र ७ जना सुररिवेक्षकहरु तथा ७ जना कर्मचारी गरी ३९ जनाले भक्तपुरमा कृषि गणना कार्य गरिरहेको हो ।














