ए डिभिजन लिग फुटबलमा पाँचौं चरणको खेलहरु आजदेखि ।

ए डिभिजन लिग फुटबलमा पाँचौं चरणको खेलहरु आजदेखि ।।
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि पाँचौं चरणका खेलहरु हुँदैछन् ।पाँचौं चरणका सुरुआती खेलमा आज दुई खेल हुनेछन् ।पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । ४ खेलमा ७ अङ्क जोडेकोसातदोबाटो लिगको पाँचौं स्थानमा छ । आर्मी भने ४ खेलमा ८ अङ्कसहित तेस्रो स्थानमा छ । यस्तै संकटा क्लब र मछिन्द्र क्लबबीच अपरान्ह पौने ५ बजे दोस्रो खेलमा हुनेछ ।४ खेलमा ८ अङ्क जोडेको सङ्कटा चौंथो स्थानमा छ भने १० अङ्क जोडेको मछिन्द्र शीर्ष स्थानमा छ ।