वार्ता मार्फत निकास निकाल्न प्रधानन्यायाधिस जबराको आह्वान ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधिस तथा नेपाल बार एसोसियसनलाइ वार्ता मार्फत निकास निकाल्न अनुरोध गर्नुभएको छ । आज विज्ञप्ति निकाल्दै प्रधानन्यायाधिस जबराले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि संवादमार्फत निकास निकाल्न आह्वान गर्नुभएको छ । नेपाल बार एसोसिएसनको तर्फबाट भएको धर्ना कार्यक्रममा भएको झडप र केही कानुन व्यवसायीलाइ चोट लागेको प्रति दुःख व्यक्त गर्दै प्रधानन्यायाधिस जवराले यस्ता प्रकारका गतिविधिहरू आगामी दिनमा दोहोरिन नदिन न्यायपालिका प्रमुखका हैसियतबाट प्रतिबद्धता व्यक्त गरेको बताउनुभएको छ ।
प्रधानन्यायाधिसले भन्नुभएको छ, वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान समेत गर्दछु । कानुन र संविधानको व्याख्यामा उठेका वा उठ्न सक्ने विवादको निरूपण गर्ने राज्यको अंगका रूपमा न्यायपालिकाको सबैभन्दा विशालतम पक्ष नागरिकको विश्वास रहेको उहाँको भनाइ छ । जनताले विश्वासको शीरमा राख्दै आएको न्यायालयको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिका भित्रका सबै अवयवहरूको साझा दायित्व भएको बताउँदै जबराले न्यायको एकै रथका दुई पांग्रा रूपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मनन गर्नुपर्ने धारणा राख्नुभएको छ । बिगत केहि हप्ता यता भएको गतिबिधि न्यायपालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट स्मरण गरिने पनि उहाँले बताउनुभएको छ ।
यसैबीच, नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधानन्यायाधीश जबराको राजीनामा आफूहरुको मुख्य सर्त रहेको बताउँदै विकृति, विसंगति र भ्रष्टाचारका पक्षपोषक प्रधानन्यायाधीश जबराबाट न्यायालयको गरिमा कायम हुन नसक्ने बताउनुभएको छ । उहाँले आफूहरुको आन्दोलन न्यायालयको गरिमा कायम राख्नका लागि भएको पनि बताउनुभएको छ ।
यसैबीच, प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरु र आन्दोलनरत कानुन व्यवसायीबीच पनि आज छलफल भएको छ । छलफल हाल अदालतमा देखिएको गतिरोधको निकासको विषयमा केन्द्रित भएको छलफलमा सहभागी कानुन व्यवसायीले बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निकास दिनुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरुले दुई साता भन्दा लामो समयदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...











