अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइँदै ।

अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइँदै ।
आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइँदैछ । केही बर्ष अघि तराइ मधेसमा मात्रै मनाइने छठ अहिले काठमाडौं उपत्यका सहित पहाडी समुदायमा पनि मनाउन थालिएको छ । आज काठमाडौंमा छठ मनाउनका लागि तयार पारिएका घाट तथा पोखरीहरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नुभएको छ । छठ पर्वको अवसरमा राष्ट्रपति भण्डारी काठमाडौंका विभिन्न जलाशयहरूमा जानुभएको हो । राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी गौरीघाट र कमलपोखरीमा दर्शन तथा अवलोकनका लागि सहभागी हुनुभएको हो । राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य पनि दिनुभएको छ ।