वरिष्ठ पत्रकार जोरालका “प्रतिपक्ष कलम” पुस्तक नेमकिपा अध्यक्ष विजुक्छेंद्वारा सार्वजनिक

वरिष्ठ पत्रकार जोरालका “प्रतिपक्ष कलम” पुस्तक नेमकिपा अध्यक्ष विजुक्छेंद्वारा सार्वजनिक
भक्तपुर, असोज २७ गते
सैद्धान्तिक र नीतिगत आलोचना जायज भएको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें (रोहित)ले वरिष्ठ पत्रकार एवं सम्पादक लक्ष्मण जोशीद्वारा लिखित “प्रतिपक्षी कलम” पुस्तककाभक्तपुरमा आयोजित एक समारोह बीच सार्वजनिकीकरण गर्नु भयो । स्रष्टा समाजले ख्वप इन्जिनियरिग कलेजमा बुधबार आयोजना गरेको “प्रतिपक्षी कलम” सार्वजनिकीकरण समारोहमा अध्यक्ष विजुक्छेंले सो पुस्तकको विमोचन गर्नु भएको हो । जनताको सेवा हुने जनपक्षिय पुस्तकहरुको निरन्तर प्रकाशनको अपेक्षा गर्दै अध्यक्ष विजुक्छेले सो अवसरमा गम्भिर विषयहरुको अध्ययन गर्ने सामग्री समेत नभएको बेला विदेशी पुस्तकहरुको अनुवाद गर्दै नेपाली पाठकहरुमा सही जानकारी दिन सकेको स्मरण गर्नु भयो । जनताको पक्षमा लेख्ने लेखकहरुलाई प्रोत्साहित गर्न सो कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले पुस्तकबाट राजनैतिक नायक र खलनायकहरुको तस्वीर चित्रण भएको बताउनु भयो । पेट्रोलियम पदार्थ पछि नेपालले सबभन्दा बढी किने वस्तु मल भएको बेला देखि नेमकिपाले नेपालमै मल कारखाना स्थापनाको माग गर्दा सरकारमा बस्ने शासकहरु नमानेको बरु सय डलरबाट उत्तर कोरियाले दिने भनिएको चिज पनि अरु देशबाट १२० डलरमा ल्याउने गलत र असफल योजना एवं निजिकरणमा लागेको बताउनु भयो ।

एमाले र कांग्रेस भित्र भित्रै चलबलाउने तत्वहरु उनीहरुकै नियन्त्रण बाहिर रहेकोले ति पार्टी भित्र व्यापक विक्रृती रहेको उल्लेख गर्दै रविन्द्रनाथ शर्माको भित्रि कुरा बाहिर आउने डरले रोहितको नाममा भ्रम फैलाउने कोसिस भएकोे बताउनु भयो । नेमकिपाको राजनैतिक अदान सधै प्रष्ट रहेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेंले नेपाल, भारत खुल्ला सिमाना, विदेशी एजेन्ट लगायतबाट शासकहरुले अकुत सम्पति आर्जेका कुराहरु निर्वाचनको बेला एकले अर्काको पोल खोल्ने भएकाले जनता समक्ष जान निर्वाचनको पक्ष लिएको तर अदालत भित्र पनि तिनै तत्व देखिएको पछिल्लो घटनाक्रमले प्रष्ट पारेको उहाँले बताउनु भयो । संसदले गर्नुपर्ने काम अदालतले गर्नु र राष्ट्रपतिको भूमिका कमजोर हुनु नै अहिलेको राजनैतिक अस्थिरता भएको विश्लेषण गर्नु भयो ।

This image has an empty alt attribute; its file name is 243037916_376469010886674_6325657924020370517_n.jpg
नेमकिपाले सडक देखि सडनसम्म प्रतिपक्षको भूमिका खेल्दै देश र जनताको आवाज बुलंन्द गरेका विषयवस्तुलाई नै ‘प्रतिपक्षको कलम’ पुस्तकमा समावेश गरेको लेखक जोशीले सो अवसरमा बताउनु भयो । पुस्तक माथि समीक्षा गर्दै शिक्षक योगेन्द्रमान विजुक्छेले का.रोहित बारे विभिन्न भ्रमपूर्ण टिक्का टिप्पणी भइरहेको देखेर आफू समेत अचम्ममा पर्ने गरेको बताए । का. रोहितको राजनैतिक उदेश्य र अदान सो पुस्तकमा प्रकाशित लेखहरुबाट थप प्रष्ट भएको बताउनु भयो । अहिले संसदमा नेमकिपा बाहेक अरु प्रतिपक्षमा नदेखिएको चर्चा गर्दै लेखक जोशीको पुस्तकले नेमकिपा र अध्यक्ष विजुक्छेको राजनैतिक अदान प्रष्ट पारेको बताउनु भयो । प्रध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले लेखक जोशीको जनपक्षिय पत्रकारिता र लेखन कलाको चर्चा गर्दै “प्रतिपक्ष कलम” पुस्तकले नेमकिपाको देश र जनताप्रतिको राजनैतिक अदानलाई उजागर गरेको बताउनु भयो । प्रदेश सांसद सुरेन्द्रराज गोसाईले ठूला पार्टीहरुको सत्ता स्वार्थका गतिविधिले  कम्युनिष्टको नाममा कम्युनिष्ट आन्दोलन नै  कमजोर बनाएको सो पुस्तकबाट प्रष्ट पारेको बताउनु भयो भने अर्का प्रदेश सांसद सृजना सैंजूले लेखक जोशीको पुस्तकले आज भन्दा २७ वर्ष अघि देखिको राजनैतिक, सामाजिक विकृतिहरुको चिरफार गर्दै नेमकिपाको राजनैतिक अदानलाई प्रष्ट्याएको बताउनु भयो । आयोजक समितिका रजनी जोशीको सभापतित्वमा भएको सो समारोहमा नेमकिपाका केन्द्रीस्य सदस्य हरिसुन्दर बासीले सत्तासिन दलहरुले आफ्ना कमजोरी लुकाउन नेमकिपामाथि झुठो आरोपहरु लगाउँदै आएको कुरा लेखक जोशीको “प्रतिपक्ष कलम” पुस्तकले प्रष्ट पारेको उल्लेख गर्दै सो पुस्तकले धेरै दलका नेताहरुको अराजनैतिक गतिविधिहरु उजागर भएको बताउनु भयो । आयोजक समितिका सदस्य सुशिला कर्माचार्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रम आयोजक समितिका इ.नरेश खत्रीले सञ्चालन गर्नु भएको थियो ।