२०७८ भदौ १ गते, मंगलबार
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नपा वडा नं. ९ को आयोजनामा कोभिड संक्रमण न्युनीकरणमा युवाहरुको भूमिका र समसामयिक विषयमा प्रवचन कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले पतोन्मुख र प्रतिगामी विचार बोक्ने कुनै पनि उमेर समूहका व्यक्तिहरु युवा कहलिन नसक्ने बताउनुभयो । समाजलाई अगाडि बढाउने, प्रगतिशील र क्रान्तिकारी विचारधाराका जुनसुकै उमेर समूहलाई युवाको रुपमा परिभाषित गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।
देशको भविष्य युवाहरु शक्तिमा निहित हुने बताउनुहुँदै उहाँले आफूमा भएको ज्ञान, अध्ययन, योग्यता र क्षमता विकास गर्न युवाहरु अग्रसर हुनुपर्ने बताउनुभयो । कोभिड नियन्त्रणमा समाजवादी देशको अनुभवबारे प्रशिक्षित गर्नुहुँदै भक्तपुर नपाले निकै छोटो समयमा जनताको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरी सर्वसाधारण जनतालाई वितरण गरेको उहाँले स्मरण गर्नुभयो ।
युवाहरुले राजनीतिक गतिविधिमा सक्रियता बढाउनु आवश्यकछ छ । उहाँले भन्नुभयो, जबसम्म युवाहरुमा आफ्नै देशमा बसेर देशलाई आत्मनिर्भर बनाउने सोचको विकास गर्न सक्दैन, तबसम्म देशको विकास र समृद्धिको सम्भावना छ्रन ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरमा हाल ४५६१ जना सक्रिय कोभिड संक्रमित रहेको, भक्तपुर नपाको आइसोलेसन केन्द्रमा ३७ जना स्वास्थ्य लाभ गरिरहेको बताउनुभयो । उहाँले कोरोना विरुद्धको लडाइँमा भक्तपुर नपाले कोभिडविरुद्धको खोप अभियान सशक्त र व्यवस्थित रुपमाले सञ्चालनमा जोड दिएको बताउनुहुँदै नजिकिँदै गरेको सापारु पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित ढंगले मनाउन अनुरोध गर्नुभयो ।
नेमकिपा दत्तात्रय एकाइ समितिका अध्यक्ष सञ्जय मानन्धरले कोभिड संक्रमण जोखिमका कारण धेरैले शारीरिक र मानसिक पीडा भोग्नुपरेको बताउनुहुँदै कोरोना महामारी नियन्त्रणमा भक्तपुर नगरपालिका र नपाका जनप्रतिनिधिले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।
भक्तपुरका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले समाजमा शान्ति सुरक्षा, सुव्यवस्था कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न प्रहरी र समाजको सम्बन्ध सुमधुर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














