स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा रेणु त्वायनाबासु चयन
भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको सातौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन बुधबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशन रेणु त्वानाबासु अध्यक्ष रहने गरी नयाँ कार्यसमिति निर्वाचित गरी सम्पन्न भएको छ । त्वानाबासु अन्नपूर्णकर्मी हुन् ।


त्वानाबासुको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चुनिएको हो । संघको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मणिराम लामिछाने चुनिए । उनी हाम्रो समाज साप्ताहिकका प्रकाशक सम्पादक हुन् । सचिवमा विकुराम तजले चुनिए । उनी नेपाल वातावरण पत्रकार समूह ९नेवापस० को कार्यक्रम आँखी झ्यालका क्यामेर पर्सनका रुपमा ३० वर्ष सेवा गरेका अनुभबी पत्रकार हुन् । सहसचिवमा राजन कार्की चुनिए । उनी नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सदस्य हुन् । कोषाध्यक्षमा प्रेमध्वज मोक्तान चुनिए । उनी हाम्रो सरकार अनलाइनसँग अवद्ध छन् । सदस्यमा चुनिएका राजाराम नापित फोटो पत्रकार हुन् । साथै अर्का सुनिल दुवाल भादगाउँ टेलिभिजनका क्यामेरा पर्सन हुन् ।
यसअघि साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्रिय अधिवेशन फागुन २४ गते नवलपुरमा हुन लागेको जानकारी गराए । संघ स्थापना दिन पारेर फागुन २४ गते नवलपरासी जिल्लाको नवलपुरमा अधिवेशन हुन लागेको जानकारी उनले गराए ।
कार्यक्रममा संघका ललितपुर जिल्ला अध्यक्ष उपेश नौवागले पार्टी पत्रकारिताको वीचमा पनि स्वतन्त्र संघले कठोरतापूर्वक कार्य गरिरहेको जानकारी गराए । भक्तपुरका निवर्तमान अध्यक्ष सुरेश सैंजू, संघ पोखराका पूर्व अध्यक्ष कृष्ण रानाभाट, भक्तपुरका सल्लाहकार कृष्ण किसीलगायतले पत्रकार बन्नु त स्वतन्त्र बन्नुः स्वतन्त्र नै हो पत्रकार भन्नु भन्ने मुल नारालाई साथर्कताका साथ लान सकून भनी शुभकामना मन्तव्य व्यक्त गरे ।
अधिवेशनले सात जना पार्षद् पनि निर्वाचित भए । निर्वाचित हुने पार्षद्हरुमा निवर्तमान अध्यक्ष सुरेश सैंजू, सल्लाहकार कृष्ण किसी, संगम लामा, पृथ्वीराज श्रेष्ठ, शान्त लाकजू, इन्द्र तामांग र रत्न प्रजापति रहेका छन् ।














