नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे प्रत्यारोपण गर्ने व्यक्ति सकुशल डिस्चार्ज

नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे प्रत्यारोपण गर्ने व्यक्ति सकुशल डिस्चार्ज
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केन्द्रमा मस्ष्तिक मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरेका व्यक्ति प्रत्यारोपणको १९ औँ दिनमा पूर्ण स्वास्थ्य लाभ गरी आज डिस्चार्ज हुनुभएको छ । कलेजो र मिर्गौला डिस्चार्ज हुनेमा शिव महर्जन हुनुहुन्छ । मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण गर्ने फूलमाया नेपाली एक हप्ता अघि (जेष्ठ १४ गते) नै डिस्चार्ज भइसक्नुभएको छ ।


नेपालकै प्रत्यारोपणविदहरुबाट उक्त कार्य सफल भएको हो । उक्त प्रत्यारोपणका नेतृत्व शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले गर्नु भएको थियो भने नेफ्रोलोजी विभाग प्रमुख डा.कल्पना कुमारी श्रेष्ठ, युरोलोजी विभाग प्रमुख डा. दिपेश श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा. आरती राई, प्याथोलोजी विभाग प्रमुख डा.सबिना श्रेष्ठ, रेडियोलोजी विभाग प्रमुख डा कृष्ण बुढाथोकी, कार्डिायोलोजी विभाग प्रमुख डा प्रवेश न्यौपाने, तथा नर्सिङ्ग निर्देशक पुजा कोइरालाको टोलीले उक्त कार्य सम्पन्न गरेको हो ।


यसै गरी विभिन्न अस्पतालबाट प्रत्यारोपण सर्जन डा. रोशन घिमिरे, सघन उपचार विशेषज्ञ डा सुवास आचार्य र इन्टरभेन्सन रेडियोलोजीष्ट डा. दिनेश चटौत तथा कलेजो प्रत्यारोपण फिजिसियन डा शेखर पौड्याललेसघाउनु भएको थियो ।
दुबै अंग प्रत्यारोपण पश्चात सकुशल डिस्चार्ज हुनु भएको प्रत्यारोपित शिव महर्जनको र उनका परिवारले यस्तो जटिल शल्यक्रिया न्यूनतम शुल्कमा यति छिटो नेपालमै प्रत्यारोपण हुन सक्छ भनेर कल्पना नै गर्न नसकेको र सपना जस्तै लागिरहेको कुरा बताउनु भयो । डा पुकारको नेतृत्वमा केन्द्रबाट प्रदान गरिएको सेवा विश्वस्तरीय रहेको र आपूmहरु पूर्ण रुपमा सन्तुष्ट रहेको उल्लेख गर्नु भयो तथा अंग फेल भएका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई आफ्नै देशको सेवामा आश्वस्त हुन आग्रह गर्नु भयो ।
उक्त कार्य सफल बनाउनका लागि मा. मन्त्री प्रदीप पौडेल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्ण सहयोग प्राप्त भएको थियो ।
१८ वर्षीय मस्तिष्क मृत व्यक्तिको परिवार तथा काठमाण्डौ मेडिकल कलेजलाई अंगदानको लागि विशेष धन्यवाद व्यक्त गरियो ।

– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
२०८२।०२।१९ गते सोमवार