मिनिसप नेपालबाट भक्तपुर चेम्बरका पदाधिकारीलाई स्वागत
प्रेस (२०७८÷०९÷५)
भक्तपुर नपा ४ राममन्दिर सुर्यविनायक स्थित मिनिसप नेपाल प्रा.लि.ले भक्तपुर चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई एक कार्यक्रमकाबीच आज स्वागत ग¥यो । भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धर सहित चेम्बरका पदाधिकारी, कार्यसमिति, सल्लाहकार र भक्तपुर चेम्बर अन्तर्गत गठन भएको नगर चेम्बरका पदाधिकारीहरुलाई मिनिसप नेपालका प्रवन्ध निदर्शेक एव भक्तपुर चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य श्री सुरेन्द्र जाकिबन्जार लगायतका सञ्चालकहरुले स्वागत गरेको हो । उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धर र मिनिसप नेपाल प्रा.लि.का प्रवन्ध निर्देशकश्री सुरेन्द्र जाकिबन्जारले मिनिसप नेपालबाट उपभोक्ताहरुका लागि ल्याउन लागेको छुट कार्डको संयुक्त रुपमा उद्घाटन समेत गर्नु भएको थियो ।
सो अवसरमा बोल्नु हुंदै भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले मिनिसप नेपालले आम उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउने वस्तुहरु भक्तपुरमा उपलब्ध गराउन सक्नु राम्रो कार्य भएको बताउनु भयो । साथै वहा“ले भक्तपुर चेम्बरको पहिलो दायित्व आफ्ना सदस्यहरुको व्यापार व्यवसाय प्रवद्र्धन गर्ने रहेको र आगामी दिनहरुमा पनि व्यवसायिक प्रवद्र्धनका गतिविधिहरु सञ्चालन गर्दै जाने बताउनु भयो ।
सो अवसरमा मिनिसप नेपालको बारेमा जानकारी गराउनु हु“दै कम्पनीका प्रवन्ध निर्देशक श्री सुरेन्द्र जाकिबन्जारले दैनिक जीवनयापनका सामानहरु सस्तो सुलभ, गुणस्तरीय रुपमा आम उपभोक्तालाई उपलब्ध गराउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताउनु भयो । उपभोक्ताको चाहना र सल्लाह सुझावका आधारमा कम्पनीलाई अगाडि बढाउने नीति तय गरेको कारणले गर्दा बढि भन्दा बढि उपभोक्ताहरुबाट मिनिसप नेपालको भ्रमण गरिदिनुहुन अनुरोध पनि गर्नुभयो ।
उक्त अवसरमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुहुंदै मिनिसप नेपालका सञ्चालक श्री सन्तुलन देशेमरुले मिनिसप नेपाल सञ्चालनको छोटो समयावधिमै उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया प्राप्त भईरहेको बताउनु भयो । साथै वहा“ले उपभोक्ताहरुको सुविधाका लागि मिनिसप नेपालका थप शाखाहरु विस्तार गर्ने योजनामा रहेको समेत बताउनु भयो । मिनिसप नेपालमा केही समयसम्मका लागि निश्चित छुटको व्यवस्था समेत गरिएको पनि उक्त अवसरमा वहा“ले जानकारी गराउनु भयो ।
राजु मान बज्राचार्य
प्रमुख कार्यकारी अधिकृत
भक्तपुर चेम्बर अफ कमर्श