भक्तपुर नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिता सम्पन्न

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिता सम्पन्न
भक्तपुर, २०७८ मंसीर २१, मंगलबार ।
भक्तपुर नगरपालिकाद्धारा आयोजित भक्तपुर नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरु २ वडा समिति र २ वडा खेलकुद समितिको समन्वयमा बासु माविको कर्भड हलमा सम्पन्न भयो ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल वितरण कार्यक्रम भक्तपुर नपा वडा नं ७ का वडा अध्यक्ष एवम् युवा तथा खेलकुद समितिका सदस्य उकेश कवांको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि कवांले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना भए नेपालको खेलकुदस्तर यो भन्दा अझ विकसित हुने चर्चा गर्नुहुँदै ूभक्तपुरको खेलकुद विकास र पुर्वाधार विकासको निम्ती राज्यको कुनै सहयोग प्राप्त भएनू भन्नुभयो । उहाँले भक्तपुर नपाले आफ्नै पहलमा विभिन्न खेलकुद प्रशिक्षण सञ्चालन गर्नाले नै भक्तपुरका खेलकुद विकास यो स्तरसम्म पुर‍्‍याउन मद्दत पुगेको छ भन्नुभयो । उहाँले पुरस्कृत विद्यार्थीहरुलाइ बधाई दिंदै खेलकुदको साथै अध्ययनलाई विद्यार्थीहरुले संगै लान सकेमात्र सफल खेलाडी बन्न सक्छ भन्नुभयो ।


अर्का अतिथि २ नं वडाका वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेपाल मजदुर किसान पार्टीको निर्देशानुसार भक्तपुर नगरपालिकामा विजयी जनप्रतिनिधीहरुले खेलकुद, शिक्षा ,स्वास्थ्यलाई प्राथमिकता दिई १०० बेड क्षमतायुक्त ख्वप अस्पताल सञ्चालन गर्न अगाडि बढीरहेको जानकारी दिनुभयो । उहाँले ूअन्तर विद्यालय खेलकुद प्रतियोगिताले भक्तपुरको खेलस्तर अझ उकास्ने छू भन्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला टेवल टेनिस संघका अध्यक्ष प्रेम खर्वुजा, २ वडा खेलकुद समितिका अध्यक्ष गणेश प्रसाद सुवाल, सचिव राजकुमार लघु, प्रतियोगिताका निर्णायक इन्द्रभक्त पंच लगायतले खेलकुद प्रतियोगिताको महत्वमाथि प्रकाश पार्नु भयो ।
प्राप्त परिणाम अनुसार गर्ल्स टीम इभेन्ट्समा प्रभात ई। स्कूल प्रथम , प्रोक्सिमा एकडेमी दोश्रो र माउण्ट भ्याली र जेन्यूइन सेकेण्डरी स्कूल संयुक्त रुपमा तेश्रोस्थान प्राप्त गर्न सफल भयो । व्वाइज टीम इभेन्ट्समा प्रोक्सिमा एकडेमी प्रथम, द राइजिङ्ग इ। स्कूल दोश्रो, जेन्यूइन सेकेण्डरी स्कूल र गोल्डेन गेट ई।स्कूलले संयुक्त रुपमा तेश्रो स्थान प्राप्त गरेका थिए ।
व्वाइज १६ बर्षमुनी तर्फ करण कपाली विद्या आर्जन प्रथम , न्युनिस सुवाल द राइजिङ्ग इ। स्कूल दोश्रो उज्वल न्हुछे प्रोक्सीमा एकडेमी र क्रियशन सुवाल जेन्यूइन सेकेण्डरी स्कूल संयुक्त रुपमा तेश्रो भएका थिए ।
व्वाइज १२ बर्षमुनि तर्फ बिशाल कवां प्रोक्सिमा एकडेमी प्रथम, रुकेश कवां माउण्ट भ्याली ई। स्कुल दोश्रो तथा बासु माविका सुयौढ दुवाल र माउण्ट भ्याली ई। स्कुलका शोहन गोर्खाली संयुक्त रुपमा तेश्रो भएका थिए ।
गर्ल्स १६ बर्षमुनी तर्फ मर्मदा खाइतु प्रोक्सिमा एकडेमी प्रथम, प्रभात ई।स्कुलका शौरभि कोजु दोश्रो, तथा प्रभात ई।स्कुलकै सेफिना कोजु र प्रोक्सिमा एकडेमी प्रज्ञा भेले संयुक्त रुपमा तेश्रो भएका थिए।
गर्ल्स १२ मुनि तर्फ प्रभात ई।स्कुलका क्रमशस् प्रदिपा सुवाल प्रथम क्यारिना सुवाल दोश्रो भए । जेन्यूइन सेकेण्डरी स्कूलका वेन्डी सुवाल र माउण्ट भ्यालीका आशिका काशिछ्वा संयुक्त रुपमा तेश्रो भएका थिए ।
मिक्स डबल तर्फ बिशाल र नर्मदाको जोडी प्रोक्सिमा एकडेमी प्रथम, प्रज्वल र प्रदीपाका जोडी प्रभात स्कूल दोश्रो र संयुक्त रुपमा सिर्जल र क्यारिनाको जोडी प्रभात स्कूल र सफल र सिरस्तीकाको जोडी प्रोक्सिमा एकडेमी संयुक्त रुपमा तेश्रो भएका थिए ।
अन्तिम परिणाम अनुसार प्रोक्सिमा एकडेमीले ४ स्वर्ण ,१ रजत र २ काश्य गरी ७ पदकका साथ समूहमा प्रथम भई प्रथम ट्रफी प्राप्त गर्ने छन् ।
प्रभात ई। स्कूलले २ स्वर्ण, ३ काश्य र २ काश्य पदक गरी ७ पदक प्राप्त गरी दोश्रो ट्रफी प्राप्त गर्ने छन् ।
समुहमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने विद्यालयहरुलाई २०७८ मंसीर २४ गते दिउँसो १ः०० बजे शहिद स्मृति खेल मैदानमा हुने समापन तथा पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत गर्ने आयोजक समितिले जनाएको छ ।