अस्टेलियामा एक देखि बन्द रहेको सीमा नाका खोल्ने निर्णय ।

अस्टेलियामा एक देखि बन्द रहेको सीमा नाका खोल्ने निर्णय ।
अस्टेलियाले एक वर्षभन्दा लामो समयदेखि बन्द रहेको सीमा नाका खोल्ने निर्णय गरेको छ । कोरोना महामारी फैलिएपछि बन्द गरिएका अन्तर्राष्ट्रिय सीमानाका खोल्ने निर्णय गरिएको त्यहाँको सरकारले बताएको हो । सीमा नाका खुलेपछि कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई उनीहरुको परिवारसँग भेट्न दिइने बीबीसीले जनाएको छ । गत वर्षको मार्च महिनामा कोरोना भाइरसको सङ्क्रमण तिबैगतिमा फैलिएपछि अस्ट्रेलियाली नागरिकलाई देश छाड्न प्रतिबन्द्ध लगाइएको थियो ।