कोरोनाको जोखिम: योे हप्ता ३९ देखि ९१ हजारसम्म कोरना संक्रमण हुनसक्ने अनुमान

कोरोनाको जोखिम: योे हप्ता ३९ देखि ९१ हजारसम्म कोरना संक्रमण हुन सक्ने अनुमान

खराब अस्थामा ९१ हजार र मध्यम अवस्थामा ३९ हजारमा कोरना संक्रमण हुने सरकारको अनुमान

भाद्र २ गतेसम्म ३९
काठमाण्डौ, श्रावण २३ गते
सरकारको इपी मोडलिंग अनुसार खराब अवस्थामा भाद्र २५ गतेसम्म ९१ हजार र भाद्र २ गतेसम्म मध्यम अवस्थामा ३९ हजार जनासम्ममा कोरना संक्रमण फैलिन सक्ने उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार भक्तपुरका ४ जना सहित काठमाण्डौ उपत्यमामा १०६ जना नयाँ कोरना भाइरसका संक्रमित पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरबाट ७ हजार ९ सय २६ जनाको स्वाब परीक्षण गर्दा एकैदिन ४ सय ६४मा कोरना संक्रमण पुष्टि भएको जनाएको हो

कोरना संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या भने ७० पुगेको  छ । शुक्रबार कोरनाका कारण थप ५ जनाको मृत्यु भएको जनाएको हो । श्रावण २० गते पर्साका ७९ वर्षीय पुरुष, यसै गरी २२ गते ४५वर्षीय पुरुष, सिराहाका ५७ बर्षका पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषको पनि कोरनाका कारण मृत्यु भएको जनाएका हुन । मृत्युपछिको परीक्षणमा कोरना पुष्टि भएका ती संक्रमितहरु मध्ये २५ वर्षका पुरुष मृगौला रोगी भएको पनि प्रवक्ता डा. गौतमले जनाएका छन् । मुलुकमा कोरना संक्रमितको मृत्यु दर बढी रहेको भन्दै उहाँले संक्रमित संख्याको आधारमा ०.३ प्रतिशत मात्रै मृत्यु भइरहेको पनि उहाँले जनाउनु भयो ।
शुक्रबार संक्रमित ४६४ जना सहित देशभर संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ । यसमध्ये सक्रिय संक्रमित व्यक्तिहरुको संख्या ६ हजार ३ सय ३० जना रहेका छन् भने शुक्रवार साँझसम्म ४ सय २५ जना कोरना संक्रमण मुक्त भएको पनि जनाएको छ । हालसम्म १५ हजार ८ सय १४ जना कोरना मुक्त भएका हुन । ६ हजार ३० जना आशोलेशनमा रहेका मध्ये ३ जना भेन्टिलेटरमा समेत रहेको भन्दै प्रवक्ता डाक्टर गौतमले संक्रमितको संख्या बढ्न थालेसँगै अस्पतालमा शैया अभाव हुन थालेकाले लक्षेण देखिएका बिरामीलाई अस्पतालमा र अन्यलाई घरमै उपचार गर्ने जानेको छ |ज्वोरो, रुघा, स्वास प्रस्वासमा समस्या भएका, गन्द, स्वाद हराएका, झाडा, पखाला लागेका संक्रमितलाई प्राथमिकताका साथ उपचार गर्दै आएको उल्लेख गर्दै संक्रमणबाट निको भएकाबाट प्लाज्मा रगत दिएर पनि एक जनाको निको बनाएको जनाएको छ।
संक्रमणको संख्या बढेसँगै परीक्षणको दायरा पनि बढाउन थालेको जनाउँदै सुरक्षा निकाय, सरकारी कार्यालय, न्यायालय लगायत जनसम्पर्कमा रहेका समुदायमा बढी कोरना संक्रमण बढि रहेको बताउनु भयो । देशमा रहेका ३२ वटा सरकारी र ६ वटा नीजी प्रयोगशालाहरुबाट दैनिक २२ हजार कोरना परीक्षण गर्ने क्षमता विकास भएको जनाएको छ । हाल ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा पर्सा, रौतहत, महोतरी र काठमाण्डौ रहेको उल्लेख गर्दै उहाँले २१ वर्ष देखि ६० वर्ष उमेरका बढी संक्रमित देखिएको जनाएको छ । ६० वर्ष माथिका २.१ % र १० वर्ष मुनीका ४ % मात्रै रहेको पनि जनाएको छ । हाल १० हजार २ सय ७ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरना भाइरस जोखिम व्यवस्थानका लागि देशभर २ हजार ६ सय आइशोलेशन र ९ सय भेन्टिलेटरको व्यवस्था रहेकोमा २५० आइस्यू र भेन्टिलेटर थप भएको तथा थप २४० वटा आइस्यू थप्ने कार्य भइरहेको छ । थप ७ हजार आइशोलशन बेड थप्नका लागि ७ तै प्रदेशका लागि ३८ करोड रकम दुई महिना अगाडी नै निकास भइसकेको जनाएको छ। देशभरका ३६ कोभिड अस्पताल सहित ११५ कोभिड क्लिनिकबाट उपचार भइरहेको उल्लेख गर्दै ४१ वटा स्वास्थ्य मापदण्ड र निर्देशिकाहरु जारी भइसकेको जनाएको छ । संक्रमण बढी रहेको क्रममा स्वास्थ्य मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै एसएमएस (SMS) मास्क लगाउने, दुई मिटरको दुरी कायम गर्ने तथा सावुन पानी वा स्यानेटाइजर प्रयोग गर्न आग्रह गरेको छ । स्वास्थ्य उपचारका लागि ३।३ जनाकोस्वास्थ्य टोलीहरु देशभर १ हजार ७५ वटा समूहमा  परिचालन हुने बताएको छ ।
उपचार र्खचको मापदण्ड
*घरमा उपचारको लागि रु.२००
*आशेलेशनमा उपचारको लागि रु.२,०००
*आशोलेशनमा मध्यम खालका विरामीको उपचारको लागि रु.३,५००
*मध्यम जतिल खालका विरामीको लागि रु.७,०००
*आइस्यूमा उपचारका लागि रु. १५,००० प्रतिदिन