व्यवसायिक कर नीति सम्बन्धी अन्तरक्रिया सम्पन्न
भक्तपुर चेम्बर अफ कमर्श र नेपाल अडिटर्स एसोसियसन भक्तपुरको संयुक्त आयोजनामा भएको व्यवसायिक करका विविध पक्षहरुका बारेमा आज यचु पार्टी भेन्यू मध्यपुर थिमिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
नेपाल अडिटर्स एसोसियसनको वार्षिकोत्सवको अवसरमा आयोजना भएको उक्त कार्यक्रममा व्यवसायमा विद्यमान कर व्यवस्था र आर्थिक अध्यादेश २०७८ ले परिमार्जन गरेका कर नीति विषयमा उद्यमी व्यवसायी र वरिष्ठ लेखा परीक्षकहरुबीच अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हु“दै भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले राज्यले निर्दिष्ट गरेका ऐन नियमहरुका बारेमा उद्यमी व्यवसायीहरु जानकार भईराख्नु पर्ने बताउनु भयो । साथै यस्ता ऐन नियमहरुका बारेमा उद्यमी व्यवसायीलाई सुसुचित गर्नु पर्ने दायित्व भक्तपुर चेम्बर अफ कमर्शको रहेको पनि बताउनु भयो ।
सो अवसरमा विषय वस्तुमाथि प्रकाश पार्नु हु“दै नेपाल अडिटर्स एसोसियसन भक्तपुरका अध्यक्ष एवं वरिष्ठ लेखा परीक्षक श्री हिरा काजी बज्राचार्यले करको दायराबाट कोही पनि उम्किन नसक्ने भएको हु“दा करका विषयमा जोकोही पनि जानकार भएर बस्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
यसैगरी कार्यक्रममा आर्थिक अध्यादेश २०७८ ले परिमार्जन गरेका कर नीति विषयमा प्रस्तुतीकरण गर्नुहु“दै नेपाल अडिटर्स एसोसियसन भक्तपुरका सचिव श्री ज्ञान कृष्ण श्रेष्ठले उद्योग व्यवसायमा हिसाव कितावहरु चुस्त दुरुस्त भएको अवस्थामा करमा खासै समस्या नहुने र कर बचत गर्न सकिने प्रावधानहरु पनि धेरै रहेको बताउनु भयो ।
भक्तपुर जिल्लाका विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल अडिटर्स एसोसियसनका केन्द्रिय कार्यसमिति सदस्य श्री चन्द्र भक्त श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष श्री कविदास धौबजी, सचिव श्री सुरेन्द्र श्रेष्ठ लगायतका पदाधिकारहरुले कर नीतिका विविध पक्षहरुका बारेमा बोल्नु भएको थियो ।













