भक्तपुर जिल्ला बचत संघको स्थापना दिवस सम्पन्न
बैशाख २१, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १७ औं स्थापना दिवसको उपलक्ष्यमा “प्रदेश सहकारी नियमावली २०७६ तथा मापदण्ड २०७७” विषयक अन्तरक्रिया कार्यक्रम सहित अभौतिक रुपमा जुम प्रविधिमार्फत सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेंलले शुभकामना मन्तव्य राख्दै हालको विषम परिस्थितिमा जीवन रक्षालाई प्राथमिकता साथ अगाडी बढाउन सम्पूर्ण सहकारीकर्मीहरु अनुरोध गर्नुभयो । वहाँले संघिय ऐन र नियमावलीमा कति दफा अव्यवहारिक सहकारी मैत्री नभएको बुदाँ शंसोधनका लागि पहल गर्ने विचार व्यक्त गर्नु भयो । विशेष अतिथि नेपाल बचत तथा ऋण केन्द्ीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले हालको विषम परिस्थितीसंग सामना शक्ति विकास गर्न संजाल व्यवस्थापनलाई जोड दिई शेयर एण्ड पुल नेटवर्कको अवधारणको विकास गर्नुपर्ने विचार राख्नु भयो । वहाँले नविनतम इन्टिग्रेटेट प्रविधिबाट मात्र सहकारी दिगो हुने विचार राख्दै सहकारी प्रविधिमैत्री हुनु पर्नेमा जोड दिनुभयो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले शुभकामना मन्तव्य राख्दै संघिय र प्रदेश सहकारी ऐन कानुनमामा बाँझिएका बुँदाहरु संशोधनका लागि पहल गर्ने विचार राख्नुभयो ।

संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुको सभापतित्वमा भएको सो कार्यक्रमा वहाँले प्रदेश नियमावलीको प्रस्तुतीकरण गर्दै संघिय नियमावली र प्रदेश नियमावलीको फरक बुदाँहरुको चर्चा गर्नु भयो । यसरी बाँझिएका र अव्यवहारिक कानुनहरुको सुधारका लागि ध्यान आर्कषण गर्दे आएको कुरा बताउनु भयो । वहाँले सहकारी मर्यादित व्यवसाय हुदाँ हुर्दै पनि अमार्यदित गतिविधले प्रशय पाएकोमा चिन्ता व्यक्त गर्दै अमर्यादित ढंगबाट संचालित सहकारी संस्थाहरुलाई मर्यादित बनाउन ऐन बमोजिम कार्वाहि गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।
जिल्ला सहकारी संघका उपाध्यक्ष कुष्ण बहादर घजुले संघ स्थापना दिवसको चर्चा गर्दे सहकारीले सदस्य र सम्भाव्य सदस्यलाई शिक्षा तथा तालिम दिई सहकारी अभियानलाई शुद्धिकरण गर्न संघले खेलेको भुमिकाको प्रशंशा गर्नुभयो ।संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले विषम परिस्थितिमा पनि समय सुहाँउदो कार्यक्रम गरेकोमा खुशि व्यक्त गर्दै देशमा संघियता लागु भएसंगै सहकारीमा ऐन कानुनहरु बन्नु स्वभाविक भएपनि एकरुपता नहुदाँ जतिलता थपेको विचार व्यक्त गर्नु भयो । वहाँले सदस्यलाई ऋण मात्र दिने होइन व्यवसाय गर्न पनि सिकाउनुपर्ने दायित्व रहेकोले ऐनमा रहेको विशिष्टिकृत संघका व्यवस्थालाई कार्यान्वयमा ल्याउनुपर्ने विचार व्यक्त गनुभयो ।
संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिर्दै सहकारी ऐन कानुन र मापदण्ड बन्ने तर त्यसको कार्यान्वयनको अनुगमन नहुदाँ कानुन किताबमात्र सिमित हुने भएकोले अनुगमन गरी कार्वाहीसमेत गर्नुपर्र्ने विचार राख्नु भयो । कार्यक्रममा धनुषा जिल्ला बचत संघका अध्यक्ष धु्रवनारायण यादव र मकवानपुर बचत संघका अध्यक्ष कल्पना श्रेष्ठले पनि शुभकाना मन्तव्य दिनुभएको थियो । सदस्य संस्थाहरुसंग अन्तरक्रिया सहित सम्पन्न सो कार्यक्रमको संचालन संघका सचिव जगनाथ प्रजापतिले गर्नु भएको थियो । संघ व्यवस्थापक बालकृष्ण धोजुले संघको परिचय र प्रदेश सरकारले जारी मापदण्डको प्रस्तुतीकरण गर्नुभएको थियो । संघका सदस्य संस्थाहरुबाट प्रत्यक्ष रुपमा ९३ जनाको सहभागिता रहेको थियो ।












