लोकेश्वर साकोसको संस्थागत विकास तालिम सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,को आयोजनामा एकदिने संस्थागत विकास तालिम समापन कार्यक्रम बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसा“ईको प्रमुख आतिथ्यतामा सम्मन्न भएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोसा“ईले सहकारी क्षेत्र सेवाभावलाई आत्मसाथ गर्दै संचालन गनुपर्ने बताउनु भयो । सहकारीहरु स्वेच्छाचारी ढंगले नभई नियम, कानुन र समुदायको भावना अनुसार चल्नुपर्नेमा जोड दिनुभयो । सहकारी संस्था निरन्तर रुपमा संचालन हुनका लागि संस्थाको जिम्मेवार कर्मचारीको क्षमता विकासका साथै सहकारी एने नियम र कानुनको बारेमा पुर्णरुपमा ज्ञान हुनुपर्ने बताउनु भयो । सहकारी क्षेत्रमा देखा परेका समस्याहरुलाई आंैल्याउ“दै सहकारीमा उक्त समस्या निम्तीनुको मुख्य कारण राज्यको गलत र फितलो नीति, जथाभावी सहकारी खोल्न इजाजत दि“नु र ठुला व्यवसायी र धनाढ्य व्यक्तिहरुले सहकारी संस्था कब्जा गर्नु रहेको बताउनु भयो । नया“ गठित सरकारबाट ल्याएको नेपालको बजेटको आलोचना गर्दै उहा“ले बजेट पू“जीवादी र विदेशीमुखी रहेको तथा सरकारले विद्युत ५० युनित माथी उपभोगमा लगाएको कर नीति तथा स्वास्थ्य क्षेत्रमा लागेको नया“ करका दायित्व, कृषि, शिक्षा र विकास निर्माणका क्षेत्रलाई नसमेटिएको, बैदेशिक ऋणबाट खर्च पुर्ती गर्ने, कर्मचारीहरुको तलब तथा परिश्रमीक बृद्धिलाई मात्रा जोड दिएको जस्ता धेरै कारणबाट यो बजेट सर्वसाधारण जनता को हितमा नरहेको जानकारी दिनुभयो ।


कार्यक्रमका अर्का अतिथि संस्थाका संस्थापक अध्यक्ष एवं भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिका सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगर क्षेत्रभित्रका सहकारीहरुको अनुगमन गर्दा देखिएका चुनौती र समस्याहरुका बारेमा जानकारी दिनुभयो । उहा“ले पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स एआइ प्रविधिको प्रयोग मानव जीवनमा सहजता ल्याएको भएता पनि यसको नकारात्मक प्रभावबाट जोगिन र सचेत रहनुपर्ने धारण राख्नुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष्ँ राजन जतिले सहकारी संस्थामा संचालक समितिमा रहने सदस्हरुमा सहकारी सम्बन्धी ज्ञान र आधारभूत योग्यताहरु भए मात्रा सहकारी राम्रो स“ग संचालन गर्नु सकिने कुरा बताउनुभयो । तालिमको मुख्य उद्देश्य सदस्य, समिति उपसमितिका पदाधिकारीहरुको क्षमता बृद्धि गर्ने तथा नया“ कार्यसमिति निर्माणलाई व्यवस्थित बनाउनु रहेको बताउनु भयो । सहकारीले स्थापना कालदेखि नै सदस्यको हक हितमा कार्य गर्दै आएकोमा आगामी दिनहरुमा पनि सोहि अनुसार कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तरक्रियात्मक रुपमा संचालन भएको तालिममा संस्थाका समिति, उपसमितिका ४० जना पदाधिकारीहरुको उपस्थित रहेको थियो । तालिमको प्रशिक्ष्ँण सहकारी तालिम प्रशिक्षणकर्मी राधेश्याम दुवाल र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण ध्वजुले दिनु भएको थियो । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट संस्थको शिक्ष्ाँ तथा बचत उपसमितिका सदस्य मञ्जुमैंया लाखाजुले तालिम अत्यन्त प्रभावकारी र उपयोगी मूलक रहको बताउनुभएको थियो, भने कार्यक्रममा संस्थाका सचिव राजु छुकां र उपाध्यक्ष प्रनेश बाटी लगायतले पनि बोल्नुभएको थियो ।













