सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते

सवारी दुर्घटनामा २को मृत्यु
भक्तपुर, जेष्ठ २१
चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै १० जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुका अनुसार कलामसी स्थित नगरकोटबाट जीतपुर तर्फ आउँदै गरेको ना. ५ त. २८४७ नं. को ढलान गर्ने मिक्सचर जडित ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिदा ट्याक्टरमा सवार १३ जना मध्ये १२ जना घाईते भएको तथा घाईते मध्ये २ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा परि घाइटे भएका २ जनाको भक्तपुर अस्पताल दुधपाटी लगेकोमा उपचारकै क्रममा मृत्यू भएको उहाँले जनाए । ट्याक्टर र चालक जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २४ को विरेन्द्र कुमार महत्तो भने सामान्य रहेकोेले उनलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।


सवारी दुर्घटननाबाट मृतकको सनाखत
१. जिल्ला सिन्धुली भिमान नगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौंसिनामङ्गल बस्ने वर्ष २६ को हेम बहादुर नेपालीको उपचारको क्रममा ऐ.२०ः१२ बजे मृत्यु भएको ।
२. जिल्ला भोजपुर दिम्ला नगरपालिका वडा नं. २ घर भई हाल काठमाडौंसिनामङ्गल बस्ने वर्ष ३२ को विजय राईको उपचारको क्रममा ऐ.२०ः२६ बजे मृत्यु भएको ।
घाइतेहरु
१. जिल्ला काभ्रे पाँचखाल नगरपालिका वडा नं. २ घर भइ हाल काठमाडौं टोखा बस्ने वर्ष २८ को राजन श्रेष्ठ ।
२. जिल्ला रामेछाप खाडादेवी गाउँपालिका वडा नं. २ घर भइ हाल काठमाडौं जडिबुटी बस्ने वर्ष ३२ कि सन्तोषी दर्लामी ।
३. जिल्ला सप्तरी खडक नगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २२ को संजीव सरदार ।
४. जिल्ला सप्तरी कमलामाई नगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २६ को दिल कुमार पास्वान ।
५. जिल्ला सुनसरी इटहरी नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष ३५ को किरण कुमार चौधरी ।
६. जिल्ला भोजपुर देवानटर गाउँपालिका वडा नं. २ घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ४५ की सानु राई ।
७. जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं.२ घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३२ कि रुबी ठाकुर ।
८. जिल्ला ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं. ४ घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३० कि कविता राई ।
९. जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २७ को कुमार राउत ।
१०. जिल्ला मकवानपुर मकवानपुर गढी गाउँपालिका वडा नं. ३ घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३४ कि रश्मी वाइबा ।