भुलांचा, गपली, सल्लाघारीमा ग्यास पसल अनुगमन

भुलांचा, गपली, सल्लाघारीमा ग्यास पसल अनुगमन

भक्तपुर, ६ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भुलांचा, गपली, सल्लाघारीमा रहेको ग्यास पसलहरु १९ वटामा अनुगमन भयो । अनुगमनमा अधिकांश पसलहरु बन्द रहेको संयोजक राजकृष्ण गोराले बताउनुभयो ।
अनुगमनमा तलेजु टे«डर्समा हिमाल, गिता र श्रीमाया ग्यास विक्रि डिपोमा सम्बन्धित प्रोपाइटर नभएकोले दर्ता प्रमाणपत्र कागजात सहित नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दियो । त्यस्तै विष्णु चवालको ग्यास पसलमा सागर ग्यासको विक्रि डिपोमा सम्बन्धित प्रोपाइटर नभएकोले दर्ता प्रमाणपत्र कागजात सहित नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दियो । त्यस्तै बस्नेट टे«डर्समा डिपोबाट समयमा ग्यास प्राप्त नभएको गुनासो गरेको छ भने एस.पि. खाद्य स्टोरमा श्रीमाया र गिता ग्यास विक्रि गरेकोले ग्यासको छुट्टै दर्ता गर्न र खाद्य पसल नविकरण गर्न निर्देशन दियो । त्यस्तै पि.के.खाद्य स्टोरमा हिमाल ग्यास विक्रि पसल बन्द भएकोले दर्ता प्रमाणपत्र कागजात सहित नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दियो । त्यस्तै प्रणय स्टोरमा ग्यासको छुट्टै दर्ता गर्न निर्देशन दियो । त्यस्तै काभे्र किराना पसलमा हिमाल र श्रीमाया ग्यास विक्रि गरेकोले ग्यासको छुट्टै दर्ता गर्न र पसल नविकरण गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमन समितिका सदस्य वडा सदस्य ज्ञान बहादुर मानन्धर, सूर्य प्रसाद श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, भनपा श्यानिटेश उपशाखा प्रमुख दिलिप कुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कमल कुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्जका लक्ष्मी थापा, भक्तपुर उद्योग वाणिज्य संघका राजु त्वानाबासु, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुलाको सहभागी थियो ।